सुष्माको जवानी र विल्शन विक्रम राइका कारण संवादले चर्चामा (भिडियो)

Unknown | 09:39 | 0 comments

चलचित्र चल्नका लागि गीत, संवाद या कलाकार नै हिट हुनुपर्छ । नेपाली सिने बजारमा कलाकारको स्टारडम त दिनानुदिन घटिरहेको छ । तर पनि चलचित्रका गीतसंगीत र केही संवादले भने बजारमा राम्रै चर्चा पाउने गरेका छन् । जसका कारणले पनि उक्त चलचित्रको व्यापारमा धेरै फरक पर्ने गरेको छ ।जेठ २४ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेपथ्य’ नायिका सुष्मा कार्की र कलाकार विल्शन विक्रम राइका कारण चर्चामा छ । रामराजा दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा समावेश ‘मस्त जवानी’मा नायिका कार्कीले आइटम गीतमा नृत्य गरेकी छिन् । यो गीत अहिले सर्वाधिक चर्चामा छ । यस्तै चलचित्रमा कलाकार राइले बोलको ‘म्याथ सिक्ने, इङलीस सिक्ने अनि विदेश जाने’ भन्ने संवाद पनि चर्चामा छ । निर्देशक दाहाल चलचित्रले राम्रो व्यापार गर्नेमा ढुक्क छन् । चार युवा र उनीहरुको सपनालाई मुख्य आधार बनाएको यो चलचित्रको केही दृश्यको छायांकन अष्ट्रेलियामा पनि गरिएको छ ,पुरा भिडीयो हेर्नुहोस ।

Category:

0 comments