चेलिबेटी बेचबिखनको कथालाई माइती नेपालले देखाउने

Unknown | 04:46 | 0 comments

चेलिबेटी बेचबिखनको बिषयमा तयार पारिएको चलचित्र ‘ढुवानी’को च्यारेटीका लागि माइती नेपालले चासो देखाएको छ । देशभरका विभिन्न स्थानमा चलचित्रको च्यारेटीका लागि माइती नेपालले अग्रसरता देखाएको छ ।पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमा भदौ २८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । सिनेमाको प्रस्तुतकर्ता समेत रहेकी निर्मात्री कविता श्रेष्ठका अनुसार माइती नेपालसँग च्यारेटीका वापत आफूले पाउने रकमको बारेमा भने पक्का भैसकेको छैन । आफूले सिनेमाको बजेट ७० लाख रहेको जानकारी माइती नेपाललाई गराएको कविताको भनाई छ ।

मञ्जिल श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा किशोर खतिवडा, धिरेन थापा, प्रविन खतिवडा, सगुन शाही, अर्चना देलाला, अनु गाइजा, हरुन अली, काका अली, उदय अली लगायतका कलाकारको अभिनय छ । भारतको कोठीमा नेपाली चेलीहरु कसरी बेचिन्छन् भन्ने कथालाई सिनेमाले उठान गरेको छ । यसैले पनि ‘ढुवानी’लाई सर्वाधिक महत्वकांक्षी चलचित्रको रुपमा हेरिएको छ ।नेपाली चेलीहरु कसरी बेचिदा रहेछन् ल हेर्नुहोस् भिडियो ।

Category:

0 comments