चलचित्र ‘नोटबुक’ अमेरिकामा १० लाखमा विक्री

Unknown | 06:59 | 0 comments

नेपालमा राम्रो सफलता हात पारेको चलचित्र ‘नोटबुक’ अमेरिकामा पनि विक्री भएको छ । निर्देशक योगेश घिमिरेले दिएको जानकारी अनुसार चलचित्रको अमेरिकी राइट्स १० लाखमा विक्री गरिएको हो । अमेरिकामा रहँदै आएका अमर राइले चलचित्रको राइट्स खरिद गरेका हुन् । उनले ४ लाख एड्भान्स दिएको निर्देशक घिमिरेले जानकारी दिएका छन् । चलचित्रको अष्ट्रेलियाको राइट्स पनि विक्री भैसकेको छ । यसअघि नै चलचित्रको बेलायत शो विक्री भएको थियो । प्रज्ञा जोशीको निर्माणमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘गाला रात्तै’ बोलको गीतले सर्वाधिक चर्चा पाएको थियो । चलचित्रको डिमाण्ड विभिन्न देशबाट आइरहेको निर्माता प्रज्ञा जोशीले जानकारी दिएकी छिन् ।

Category:

0 comments