जिबनको लक्ष्य खोज्दै नायक जिबन लुइँटेल वर्ल्ड ट्रेडको टुप्पोमा
‘जीवन देखे जस्तो र सोचे जस्तो छैन’, मिल्क कफी पिउँदै जीवनले कुरा कोट्याए । ‘मलाई त सजाय लाग्छ, जब तपाई आमाको गर्भवाट बाहिर निस्कनु भयो त्यसै दिन देखि सजाय पनि सुरु भयो’, जीवनले फेरी थपे । उनको भाषामा त्यही सजाय भोग्नका लागि मानिस जागीर खान्छ, पढ्छ, यताउता दौडन्छ । आमाको गर्भबाट संसारमा आएपछि मृत्यु अघि सम्म मानिस सजाय भोग्नका लागि दौडने तर्क जीवनको छ ।साहित्य र कविता मात्र होइन हरेक क्षेत्रमा जीवनको ध्यान जान्छ । यसैले पनि उनी हरेक बिषयमा कुरा गर्न सिपालु छन् । ‘जीवन लुइटेल पर्दामा देख्दा जस्तो छ, वास्तविक जीवनमा त्यो भन्दा फरक छ’, फेरी थपे उनले ।
काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरको माथिल्लो तलामा रहेको एक रेष्टुरेन्टमा जीवन जीवनकै परिभाषा खोजिरहेको समयमा भेटिन्छन् । ‘म प्राय जसो यही नै हुन्छु, मानिसको भिडभाड खासै हुँदैन’, घुमाउरो ह्याटले अनुहार छोपेजस्तो गरी बस्दै जीवनले भने । उक्त टुप्पोबाट दशरथ रंगशालाको खेल पनि हेर्न भ्याउछन् उनी । ‘खेल हेर्छु र आफैमा त्यसको विश्लेषण पनि गर्छु’, चकलेटी नायकले भने ।
जीवन एक चलचित्रको स्त्रिmप्ट पढ्दै थिए । ‘सधै उही लभस्टोरी कथाको अफर आउछ, अब त केही गेटअप फरक गर्न पाइयोस् न, खै पाइदैन’, दिक्क मान्दै जीवनले भने । ५ घन्टा लगाएर स्त्रिmप्ट पढिसकेका जीवनले भूमिका परिवर्तन गर्न नपाएको गुनासो पोख्दै फेरी थपे, ‘मलाई त यस्तो याक्सन मूभि गर्न मन लागेको छ नि के भन्नु, पुरै फाइट होस् न चलचित्रमा क्या मजा आउने थियो ।’
जीवन विगतमा पुगे । भने, ‘म कहाँ सिनेमामा आउन चाहन्थे त, उ बेलामा क्या पढिन्थ्यो, सबैतिर वुझिन्थ्यो ।’ ‘स्कुलमा हरेक कुरामा जीवन चाहिन्थ्यो, वक्तित्वकला होस्, हाजिरिजवाफ, दौड, र्याम्प क्या मजाको जीवन थियो त्यो’, जीवनले सुस्केरा हाँल्दै भने ।
कुरा गर्न निक्कै सिपालु यि नायक आफू चलचित्रमा देखिए जस्तो नभएको बताउँछन् । अधिकांश समय वल्र्ड ट्रेडकै टुप्पोमा बसेर जीवनको बारेमा सोच्ने जीवन कहिलेकाँही कविता पनि कोर्छन् । उनको गोजीमा सधै एउटा न एउटा साहित्यिक खुराक भेटिने गर्छ ।
बेलुकीपख साथी विनय श्रेष्ठसँग काठमाण्डौ घुम्न मनपराउने जीवनले केही समय अघि आफ्नो गाडी पनि बेचेका छन् । यसैले उनी हाल काठमाण्डौका सडकमा ट्याक्सी या माक्स लगाएर पैदल यात्रा नै गर्छन् । छुट्टनिे क्रममा जीवनले भने, यस्तै छ हेर्दै जाउँ कहिले सम्म सजाय भोगिने हो ।’ ५ घन्टाको वल्र्ड ट्रेडको टुप्पोमा बस्दा उनले मिल्क कफी, कालो चिया, मम खाएको पत्तौ नै पाएनन् ।
Category: gossip
0 comments