‘ओफा’ अवार्डमा मह जोडीलाई सम्मान गरिने
जेठ २६ गते आयोजना हुन लागेको ‘ओफा अवार्ड’मा नेपाली कलाको क्षेत्रमा चर्चा बटुलेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।फिल्मीखबर डटकमले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रममा १३ विधामा अवार्ड प्रदान गरिदैछ । बिहिबार आयोजना गरिएको कार्यक्रममा नोमिनेशनमा परेका कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।नेपाली सिने नगरी र चलचित्रकर्मीहरुलाई प्रोत्साहन प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको फिल्मीखबरका अध्यक्ष सुमन गैरेले बताए । कार्यक्रममा विभिन्न विधाको उत्कृष्ट ३ चलचित्रकर्मीको नाम पनि सार्वजनिक गरिएको थियो ।
Category: gossip
0 comments