विवाहको १२ वर्षपछि चित्रांगदा र ज्योतिको डिभोर्स
बलिउड अभिनेत्री चित्रांगदा सिंह र उनको गल्फ खेलाडी पति ज्योति सिंह बिछोडिएका छन्। विवाहको १२ वर्षपछि उनीहरु एकअर्कासँग छुट्टिएका हुन्।
गत शुक्रबार उनीहरुले मुम्बईको अदालत पुगेर औपचारिक रुपमा बिछोडिएको बताएका छन्। ३७ वर्षीया चित्रांगदा र ४१ वर्षीय ज्योतिको एक सन्तान छन्। उनीहरु किन यसरी बिछोडिए भन्ने रहस्य भने खुलिनसकेको बताइएको छ। चित्रांगदाले देशी बोइज, जोकर, इन्कारजस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् भने ज्योतिले पनि थुप्रै देशमा गल्फ खेलिसकेका छन्।
Category: gossip
0 comments