राजेश हमालले गरे ‘वाइल्ड वेस्ट नेपाल’ को विमोचन
विगत ८ बर्षदेखि पत्रकारिता क्षेत्रमा लाग्दै आएका फोटोपत्रकार भरतबन्धु थापाले ८ बर्षयता खिचेका २५० भन्दा बढि तस्बिर समिटिएको पुस्तक ‘वाइल्ड वेस्ट नेपाल पिक्टोरियल जर्नी’ बजारमा ल्याएका छन् ।उनको यो पुस्तकको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली सिने क्षेत्रका चर्चित नायक राजेश हमालले बिमोचन गरेका छन् । यो पुस्तकमा मध्यपश्चिम र सुदूरपश्चिमका सांकृतिक, ऐतिहासिक, पर्यटकिय एवं जीवनशैली झल्काउने तस्बिरहरु समावेश गरिएको छ ।
पुस्तकमा दैलेखमा अवस्थित नेपाली भाषाको पहिलो अभिलेख, नेपालको सबैभन्दा ठूलो राराताल, सबैभन्दा गहिरो फोक्शुण्डोताल, नेपालको एकमात्र जुंगे महादेब, जुम्लामा रहेको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान लगायतका तस्बिरहरु समावेश गरिएको छ ।
यो पुस्तकको मुल्य १२५० तोकिएको छ । पुस्तक बिमोचनका दिन र जेठ १० देखि १२ गतेसम्म राष्ट्रिय सभागृहमा हुने मध्य र सुदुरपश्चिम महोत्सवमा विक्री भएको पुस्तकमध्येबाट प्रत्येक पुस्तकको ६२५ का दरले शैक्षिक कोष बनाइने फोटोपत्रकार भरतबन्धु थापाले बताए । उक्त कोषमा जम्मा भएको रकम दैलेखका सरकारी स्कुलका विद्यार्थीहरुको शैक्षिक स्तर सुधार गर्न खर्च गरिने बताइएको छ ।
Category: gossip
0 comments