सञ्जय दत्तले जेलमा कागजको झोला बनाउन थाले ( भिडियो सहित)
बलिउडमा सुपरस्टारको रुपमा चिनिए पनि अबैध हतियार कारोबारपछि तिनबर्षको लागी जेल परेका सञ्जय दत्तले कागजको झोला बनाउने काम गर्न थालेका छन ।
यो कुनै चलचित्रको कथा नभइ बास्तविक घटना हो । भारतको मुम्बई शहरमा बम बिस्फोट र आक्रमण गरेकाहरुसँग एके ४७ हतियार किनेको तथा घरमा हतियार राख्न दिएको ठहर पछि गतहप्ता जेल गएका दत्तले यो हप्ताबाट कागजको झोला बनाउने काम थालेका हुन । समाचार एजेन्सीहरुका अनुसार दत्तले केही दिनमै कागजको झोला बनाउने काम कुशल रुपमा सिकेका छन । दर्जन बढी जेलका कैदि बन्दिसँगै बसेर दत्तले रमाइलो साथ दिनभर कागजको झोला बनाउने गरेको बताइएको छ ।
भर्खर काम सिकेका दत्तले राम्रो झोला बनाउन भने जानि नसकेकाले दत्तको दैनिक कमाई २५ रुपैयाँ भारतीय हुने गरको बताइएको छ । अर्बौं सम्पत्ती भएका दत्तलाई यो कमाइले काम गर्दाको पसिना पुस्ने कागज पनि नधान्ला तर जेल जिवनमा बस्दा राम्रै काम गर्नुलाई दत्तले मुन्नाभाइमा निभाएको कुशल अभिनय जस्तै कुशल कैदि जिवन मान्न सकिन्छ । संजयले जेल भित्र बुन्दै गरेको भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस ।

Category: wonder
0 comments