फिल्मबाट हराएपछि खुशी रेजिना मोटाइन्
लामो समयसम्म सिने नगरीमा चर्चामा रहेकी नायिका रेजिना उप्रेती अहिले सार्वजनिक कार्यक्रममा धेरै र पर्दामा कम देखिन्छिन् । उसो त उनी राम्रो चलचित्र पाए मात्र खेल्ने बताउँछिन् ।सिने नगरी भन्दा केही टाढा रहेपछि रेजिना खुशी छिन् ।
उनले अनलाइनखबरसँग भनिन्, ‘मनमा खुशी छ, आनन्द छ र चैन छ ।’ अनि मोटाउनुको कारण यही हो त, रेजिनाले हाँस्दै भनिन्, ‘हो त पहिले भन्दा ३ किलो मोटाएको छु म ।’ रेजिना अहिले ५१ केजी भइछन् । आफ्नै निर्माणमा ‘बरदान’ बनाएकी रेजिना केही महिना विदेशमा पनि हराइन् । अब घरजम गर्ने होइन त, रेजिना भन्छिन्, ‘गर्ने हो केही बर्षमा ।’ उसो त घरजम नै गर्नको लागि युवकको अभाव नहुने उनको तर्क छ । ‘बिहे नै गरौ भनेर लाग्ने हो भने त मनपराउने कती छन् कती नि, तर के को हतार त ?’ उनले भनिन् । लण्डनमा रहेका प्रेमीको बारेमा रेजिना केही पनि बताउन चाहन्नन् । ‘कसले भन्यो मेरो प्रेमी लण्डनमा छन् भनेर’, यस्तै तर्क उनको आउने गर्दछ ।Category: gossip
0 comments