भदौमा नै निशा र बाबु बोगटीको भ्यालेन्टाइन

Unknown | 03:24 | 0 comments

विश्वमै ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस फ्रेबुअरी १४ मा मनाइन्छ । तर नायिका निशा अधिकारी र नायक बाबु बोगटी भने नोभेम्बर महिनामै प्रेम दिवस मनाउन तयार भएका छन् । तर उनीहरु बास्तविक जीवनमा नभई चलचित्रको पर्दामा भ्यालेन्टाइन मनाउन कस्सिएका हुन् । निर्माण भएको १ बर्षसम्म पनि प्रदर्शनका पालो नपाएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ अब भदौमा प्रदर्शनमा आउने बताइएको छ ।

चलचित्रको पर्दामा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, सुष्मिता ढकाल लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् । सुशिल श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउँने भएको छ । पूर्णतया लभस्टोरी बिषयलाई आधार बनाएर तयार पारिएको चलचित्रको यूनिटले प्रदर्शन मिति तय भएसँगै प्रचारप्रसार सुरु गरेको हो । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन छ । यस्तो छ आउदै गरेको उनको फिल्म को प्रोमो , तलको बक्स मा हेर्नुहोस ।

Category:

0 comments