नायिका विनिता बराल अब कृषि पेशा अर्गानिक खेतीमा.....
हातमा कुटो बोकेर, हाते ट्याक्टर चलाउँदै गर्दाको अवस्थामा तपाइले नायिका विनिता बराललाई देख्नु भयो भने नसोच्नु होला, यो कुनै चलचित्रको सुटिङ हो । नायिका विनिता बराल यतिबेला सामाखुशीको टोखामा केही रोपनी जग्गा भाडामा लिएर अन्न उब्जाउन लागिपरेकी छिन् ।३ रोपनी ३ आना ३ पैसा जग्गा १० बर्षका लागि भाडामा लिएर विनिता अर्गानीक खेती तर्फ लागेकी हुन् । आफ्ना २ अन्य साथीहरुलाई साथमा लिएर विनिताले कृषि पेशा अपनाएको बताइन् ।
‘वाँझो खेतमा आफ्नै हातले परिश्रम गरेर माटोको ढल्ला फुटाउँदा निक्कै आनन्द आउँदो रहेछ’, विनिताले अनलाइनखबरसँग भनिन् । ‘सिनेमा भनेको सधै खेलिदैन तर कृषि पेशा सधै गर्न पाइन्छ, यसैले यता तर्फ आकषिर्त भए’, विनिताले भनिन् । नेपालमा खेतमा काम गर्नुलाई निक्कै तल्लो स्तरको कामको रुपमा हेरिदा नायिका बराल चिन्तित छिन् । उनले भनिन्, ‘अमेरिका जानु, रेष्टुरेण्ट खोल्नु, कप्युटरको काम गर्नुलाईर् निक्कै ठूलो पेशा मान्न थालिएछ, तर राष्ट्रिय आम्दानीको मुख्य श्रोत कृषिलाई तल्लो दर्जाको काम सोच्न थालिएकोमा दुख लागेको छ’, विनिता भन्छिन् । केही गरौ भन्ने सोच पहिले देखि नै थियो, तर साथीहरुको साथ पाएपछि यो पेशाले तानेको बताउँदै विनिता भन्छिन्, ‘यदि हामीले कृषिलाई अहिले देखि नै नअपनाउने हो भने देशमा ठूलै संकट आइपर्छ ।’भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।Category: gossip
0 comments