नृत्य निर्देशक शंकर बीसी लाइ पाखा लगाई कविराज गहतराज को मात्र नाम लिएकोमा आपत्ति

Unknown | 16:26 | 0 comments

धरानमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र महोत्सव’का लागि दुख गरेका नृत्य निर्देशक शंकर बीसी निराश भएर फर्किएका छन् । महोत्सवको उद्घाटनको दिन स्टेजमा प्रस्तुत गरिएका विभिन्न गीतलाई उनले कोरियोग्राफी गरेका थिए ।तर कार्यक्रममा अर्का कोरियोग्राफर कविराज गहतराजको मात्र नाम आएपछि उनी निराश भएका हुन् ।
शंकर र कविराज मिलेर नेपाली चलचित्रका पुराना र नयाँ गीतमा गरिएको नृत्यलाई कोरियोग्राफी गरेका थिए । तर स्टेजबाट सबै गीतको नृत्य निर्देशक कविराज गहतराज मात्र भन्दा शंकर आक्रोशित पनि देखिएका छन् । निक्कै निराश भएका शंकर आइतबार बिहानै प्लेन मार्फत काठमाण्डौ फर्किएका थिए ।
अनलाइनखबरसँग उनले भने, ‘दैनिक बिकास बोर्ड धाएर ४ वटा गीतको कोरियोग्राफी गरे तर आयोजकले मलाई धोका दियो ।’ उनी उद्घाटन कार्यक्रममा सहभागी हुनकै लागि दाङबाट मध्यरात धरान पुगेका थिए ।
उद्घाटन कार्यक्रम भएकै दिन पञ्चकन्या रिसोर्टमा आयोजना गरिएको पार्टीमा शंकर धेरै भएका थिए । गाडीमा उनी चढेपछि चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले मान्छे धेरै भएको गुनासो गरेका थिए । शंकरले भने, ‘उहाँले म प्रति इङकित गर्दै मान्छे धेरै भएको बताएपछि मैले नै नजादा हुन्छ भनेको थिए, यसपश्चात उहाँले नजादा हुन्छ भनेपछि म गाडीबाट ओर्लिए । उक्त गाडीमा नायिका र केही कलाकार मात्र थिए ।उक्त प्रस्तुति को भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोला । 

Category:

0 comments