जिया खान ले प्रेमीलाई ६३ पटक फोन गरेपछि आत्महत्या गरेको तथ्य सार्बजनिक

Unknown | 07:56 | 0 comments

सोमबार बेलुकी आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी बलिउड नायिका जीया खानको बिषयमा विभिन्न तथ्यहरु बाहिर आएका छन् । उसो त जीयाको वुधबार दाहासंकार पनि गरिएको छ । जीयाको मुम्बइको जुहुस्थित कब्रस्तानमा अन्तिम संकार गरिएको छ । उनको अन्तिम संस्कारमा नायक आमिर खान, रितेश देशमुख सहभागी भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । नायिका जीया खान बलिउडमा करिअर अघि बढ्न नसकेपछि निक्कै चिन्तित रहेको बताइएको छ । उनले आत्महत्या गर्नुको पछाडी उनको प्रेम जीवन पनि कारण रहेको तथ्य खुलेको छ । उनी विगत १ बर्षदेखि आदित्य पंचोलीका छोरा सुरज पंचोलीसँग प्रेमसम्बन्धमा थिइन् । तर पछिल्लो समय उनलाई सुरजले वेवास्ता गरेपछि जीया झनै दिकदारीमा परेको बताइएको छ । उनको सोमबार सुरजसँग ६३ पटक फोन र धेरै पटक एसएमएसमा कुरा भएको बताइएको छ । उनले अन्तिम एसएमएसमा सुरजलाई लेखेकी थिइन्, ‘यू आर गेटिङ टु कुल्ड’ । फोनमा कुरा भएपछि जीया सुरजको घर पनि गएको बताइएको छ । तर सुरज आफ्नै घरमा आमाबुवासँग व्यस्त भएको खबर पाएपछि जीया फर्किएकी थिइन् ।

Category:

0 comments