शाहरुख खान तेस्रो बच्चाको पिता बन्दै ........
छोरा आर्यन र छोरी सुहाना खान पश्चात बलिउड सुपरस्टार साहरुख खानले नयाँ सन्तान आफ्नो घरमा भित्राउँने तयारी गरेका छन् । भारतिय संचारमाध्यहरुका अनुसार पत्नी गौरी खानको आग्रहमा साहरुखले यस्तो निर्णय गरेका हुन् ।साहरुखको तेश्रो सन्तान छोरा रहेको बताइएको छ । तर साहरुख र गौरीले तेश्रो सन्तानलाई केही भिन्न तबरले भित्राउन लागेको खबरले बलिउड बजारमा अहिले चर्चा बटुलिरहेको छ । भारतिय केही संचारमाध्यका अनुसार,साहरुख र गौरी खानले तेश्रो छोराको जन्म ‘सरोगेसी’को आधारमा गर्न लागेका हुन् ।
यो उपाय यसअघि बलिउड नायक आमिर खानले पनि अपनाइसकेका छन् । ‘सरोगेसी’को अर्थ हुन्छ, कुनै अर्को एक महिलालाई बच्चा जन्माउन दिने र त्यसलाई आफ्नो घरमा स्विकार गर्ने । सलमान खान, रानी मुखर्जी र पि्रती जिन्टा अभिनित चलचित्र ‘चोरी चोरी चुपके चुपके’मा पनि सन्तानका लागि यस्तै तरिका अपनाइएको देख्न सकिन्छ । उक्त बच्चाको जन्म गौरी खानको कोखबाट भने हुने छैन । नयाँ बच्चा जुलाई महिना सम्ममा साहरुखको घरमा भित्रने छन् । यो बिषयमा अन्य कुरा केही पनि खुलाइएको छैन । साहरुखका छोरा आर्यन १५ बर्षका छन् भने छोरी सुहाना १३ बर्षकी भइन् । यो बिषयलाई खान दम्पत्तीले अहिले नै बाहिर ल्याउने चाहेका थिएनन् ।यस बिषयमा शाहरुख खान के भन्छन हेर्नुहोस तलको बक्स मा क्लिक गरि ।Category: gossip
0 comments