शाहरुख खान को लिंग परिक्षण गराइयो

Unknown | 08:00 | 0 comments

बारम्बार विभिन्न खालका गसिप र स्क्यान्डलमा फस्दै आएका बलिउड बादशाह साहरुख खान यतिबेला फेरी चर्चामा छन् । सरोगेसी प्रक्रियाबाट बच्चा जन्माउँने तयारीमा साहरुख र गौरी खान रहेको समाचार पनि बाहिर आएको छ । अर्कोतिर बच्चा जन्माउनु अघि नै छोरा या छोरी भनी परिक्षण गरेको आरोपमा साहरुख खान विरुद्ध उजुरी पनि परेको थियो । भारतको कानुनले बच्चा जन्मनु अघि नै लिङ्ग परिक्षण गर्न नपाउँने व्यवस्था गरेको छ ।तर साहरुखले लिङ्ग परिक्षणको बिषयलाई लिएर भोग्दै आएको आरोपबाट छुटकारा पाएका छन् ।

भारतिय संचारमाध्यमहरुका अनुसार बीएमसीले उनलाई क्लिन चिट दिएको छ । साहरुख खानसँग भएको फोन वार्ता, जसलोक अस्पतालमा गरिएको अनुसन्धान पश्चात साहरुखलाई क्लिन चिट दिइएको हो । सोमबार बीएमसीका कर्मचारी साहरुखको निवास पुगेका थिए । तर साहरुख घरमा नभएपछि उनीहरुले खानसँग टेलिफोन वार्ता पनि गरेका थिए । सबै प्रमाण पुर्‍याएपछि साहरुखलाई लिङ्ग परिक्षणको आरोपबाट मुक्त गरिएको हो । साहरुखले आफू कहिले पनि छोरा र छोरीको पक्षमा नलाग्ने बताएका थिए । सबै अनुसन्धान पश्चात बीएमसीले महाराष्ट्रका स्वास्थ्य मन्त्रीलाई साहरुखले कुनै प्रकारको लिङ्ग परिक्षण नगराएको रिपोर्ट प्रस्तुत गरेको थियो । साहरुखले लिङ्ग परिक्षण गराएको भन्दै केही एन.जी.ओ र इन्डियन र्‍याडिओलोजिकल एन्ड इमेजिङ एसोसियसनले उजुरी गरेका थिए । तलको भिडियो मा हेर्नुहोस त के भन्छन शाहरुख खान ले आफ्नो लिंगको परिक्षण पछी ।

Category: ,

0 comments