यसरी बेचिन्छन् ‘हाम्री चेलि’ (भिडियो)
चेलिबेटी बेचबिखनको समस्याले नेपालमा जरो गाडेको लामै समय भैसकेको छ । तर यसको उचित समाधानको उपाँय अझै पनि निकाल्न सकिएको छैन । यसबिषयमा सरकारी स्तरबाट सचेतनाको कार्यक्रम पनि निक्कै कम हुने गरेका छन् ।
तर चलचित्रमा यस्ता बिषयलाई उठान गरेर चलचित्रकर्मीले सचेतना जगाउने प्रयास गरेका छन् ।मनिष पन्थको निर्देशनमा तयार भएको चलचित्र ‘हाम्री चेली’ले पनि यस्तै बिषयलाई उठान गरेको छ । भदौ २१ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँन लागेको यो चलचित्रले नेपालमा हुने गरेको चेलिबेटी बेचबिखनको बिषयलाई उठान गरेको निर्देशक पन्थले जानकारी दिएका छन् । बाबुराम घिमिरेको समेत निर्देशन रहेको यो चलचित्रलाई बेनिप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अन्जु निरौला, शित्तल केसी, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी, प्रदिप ढकाल, किरण चित्रकार लगायतका कलाकारले अभिनय गरेका छन् । नौतुना, देहरादुन लगायतका क्षेत्रमा छायांकन गरिएको ‘हाम्री चेली’लाई नेपाली महिलाहरुले मनपराउने विश्वास निर्माणपक्षको छ । चलचित्रमा बाबुराम घिमिरेको लेखन, मनिष पन्थको छायांकन, कस्तुप पन्त र सुरेश सेन्चुरीको संगीत छ । यसैबिच निर्माणपक्षले चलचित्रको प्रोमो र गीत सार्वजनिक गरेको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस ।Category: gossip
0 comments