महोत्सव पछि झनै लथालिङ्ग बिकास बोर्ड, केपीले दिए राजिनामा

Unknown | 07:25 | 0 comments

चलचित्र महोत्सव गरेर आफूलाई अहिले सम्मकै सफल बनाउने धुनमा लागेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता अहिले तनावमा छन् । धरानमा आयोजना भएको तिन दिने चलचित्र महोत्सवले आलोचना मात्र खेपेपछि उनी एक्लिन थालेका हुन् । चलचित्र बिकास बोर्ड जस्तो निकायले गरेको महोत्सवले कलाकारको वेइजती गरेको, मदिरामा रमाउने स्थान भएको जस्तो आरोप सबैतिरबाट लागेको छ । यसको सम्पुर्ण जिम्मेबारी बोर्ड अध्यक्षले नै लिनु पर्दछ । चलचित्र महोत्सवमा कमजोरी भएको स्विकार गर्न नसकेपछि ‘पप्पु’ले आफूलाई बचाउन धेरै किसिमका तर्क अघि सारिरहेका छन् । पप्पुकै नेतृत्वको चलचित्र बिकास बोर्डले प्रदान गर्न लागेको राष्ट्रिय चलचित्र पुरस्कार आफ्नो हातबाट दिनका लागि राष्ट्रपति रामवरण यादव पनि हच्किएका छन् । राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गर्न नसकेको खण्डमा पप्पु झनै असफल हुनेछन् । यसैले पनि महोत्सव पश्चात चलचित्र बिकास बोर्ड लथालिङ्ग मात्र भएको छैन नेपाली सिनेमा नगरी पनि सुस्ताएको छ । सुर्खेत महोत्सवका कारण स्थानिय एक हल बन्द भएको दाबी गर्दै आएका चलचित्रकर्मी अहिले धरान महोत्सवले पूर्वका कतिवटा हल बन्द गराउने हो भन्ने तर्क अघि सार्न थालेका छन् । यसैबिच चलचित्र बिकास बोर्डको सल्लाहाकार पदबाट केपी पाठकले राजिनामा दिएका छन् । उनले चलचित्र महोत्सव असफल भएपनि गल्ती स्विरका गर्नुको साटो झनै विभिन्न आरोप आयोजकले चलचित्रकर्मीलाई लगाउँदै हिडेको भन्दै राजिनामा दिएको बताएका छन् ।

Category:

0 comments