भोगी भिक्षुको भिडियोले यसरी हंगामा मच्चाएपछि...
भिक्षु भन्नासाथ धनसम्पत्ति, सुखशयल छाडेर ध्यान र धर्मकर्ममा लागेका त्यागी मानिसहरुको तस्वीर हाम्रो आँखा अगाडी आउँछ । तर, हालै सार्वजनिक एक भिडियोले भिक्षुहरुबारे तपाईको बुझाईलाई गलत सावित गरिदिने छ । हालै युट्युवमा पोष्ट गरिएको एक भिडियोमा थाइल्याण्डका दुई भिक्षुहरु निजी बिमानमा चढेर आकाशमा संगीतको आनन्द लिइरहेको देखिन्छ । उनीहरुले स्टाइलिस सनग्लास लगाएका छन भने वायरलेस हेडफोनमार्फत् संगीतको आनन्द लिइरहेका देखिन्छन् ।२ मिनेट ४७ सेकेण्ड लामो भिडियो यूट्युवमा सार्वजनिक भएपछि दुई भिक्षुमाथि छानविन सुरु भएको छ ।
विश्वको सबैभन्दा धेरै बौद्ध धर्मावलम्बी भएको थाइल्याण्डमा भिक्षुहरुको जिवनशैलीबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । शारीरिक सुख भोग, मदिरा सेवन लगायतका कारण गत वर्ष मात्र झण्डै ३ सयलाई भिक्षुलाई भिक्षुको पदवीबाट बर्खास्त गरिएको छ । युट्युवमा यो भिडियो पोष्ट भएपछि बिश्वभरबाट यसको आलोचना भएको छ । थाइल्याण्डको अफिस अफ नेसनल बुद्धिजमले भिडियोमा देखिएका भिक्षुबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।भिडियोमा भिक्षुहरुको आचरण बुद्ध दर्शन र जीवनशैली अनुकुल नभएको कार्यालयले जनाएको छ । भिडियोमा देखिनेहरु खान्तिथेम बिहारमा रहेका भिक्षुहरु रहेको भन्दै उनीहरुलाई यस्तो ब्यबहार नदोहोर्याउन चेतावनी दिइएको छ । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस् ।Category: gossip
0 comments