राजेश हमाल ले मधु संग यसरि गर्दै छन बिहे
नायक राजेश हमालको विवाहको विषयमा बजारमा चल्दै आएको बहस अन्ततः सकिने छनक देखिएको छ । कति फ्यानहरुले राजेश हमालसँग बिहे गर्न पाऊँ भनेर वर्षौंदेखि धूप हालिरहेका बेला हमालले मिडियामा सार्वजनिक भएकी धरानकी मधु भट्टराईलाई नै बधू बनाउने भएका छन् ।
नायक राजेश हमाल बिहे कसरी गर्ने भन्नेमा अझै पनि दोधारमा नै छन् । तर, उनका निकटस्थहरु भने हमाललाई विभिन्न खालका सुझाव दिइरहेका छन् । हमालनिकट स्रोतका अनुसार, हेलिकोप्टर चार्टर गरेर राराताल या मुक्तिनाथ पुगेर उनको बिहेको तयारी गर्न लागिएको छ । हमालले एकान्त ठाउँ रुचाउने भएकाले पनि उनको परिवार काठमाण्डौ बाहिरको कुनै राम्रो स्थल रोज्ने तयारीमा छ । तर, यो बिषयमा हमाल भन्छन्- ‘काठमाण्डौ या मोफसल जहाँ गरे पनि आखिर नेपाल नै हो नि, हैन र ?
हमाल कुनै एकान्तस्थलमा परिवारका केही सदस्य र पत्रकारका साथमा मधुलाई आफ्नो बनाउने तयारीमा छन् । यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले आफूलाई एकान्त मनपर्ने भएकाले एकान्तमै बिहे गर्ने तयारी गरेको बताए । ‘ठाउँ अहिले नै तय भैसकेको छैन । तर म एकान्त खोज्दै छु ।’- नायक हमालले अनलाइनखबरसँग भने- ‘म भव्य तबरले नाटक गरेर बिहे गर्ने सोचमा छैन । साधारण तर अनौठो तबरले बिहे होस् भन्ने चाहना छ ।’
हमालका आफन्त र दिदीहरु अमेरिकामा भएकाले पनि बिहेका लागि केही ढिलाइ भएको हो । चर्चित नायक हमालले भने- यो वर्षभित्र जसरी पनि बिहे गर्छु । तर, यस्तो कुरामा पारिवारिक सल्लाह पनि लिनुपर्ने रहेछ ।’
अनौठोतबरले बिहे गर्न खोजेका हमाल विवाहको पार्टी भने निक्कै भव्य दिने योजनामा छन् । बिहेको दिन केही पत्रकार र आफन्तलाई हेलिकोप्टरमा राखेर हमाल काठमाण्डौ बाहिर जाने तयारीमा छन् । चलचित्रकर्मी र आफूनिकटका साथीहरुलाई भने पनि बिहेको केही दिनपश्चात काठमाण्डौमा भोज खुवाउने बताइएको छ ।
तलको बक्स मा क्लिक गरि हेर्नुहोस राजेश आफै यसरि घोषणा गर्दै छन् ।

Category: gossip
0 comments