निर्देशक शिव रेग्मीको दुबै मिर्गौला फेल, उपचारका लागि अझै १५ लाख लाग्ने

Unknown | 07:59 | 0 comments

शरीरमा बल भइन्जेलसम्म सबैको प्यारो, थला परेपछि केही गर्न नै गाह्रो’ बिशेषगरी नेपाली सिने नगरीमा देखिने सबैभन्दा ठूलो समस्या हो यो । चलचित्र क्षेत्रमा सक्रिय भइन्जेलसम्म, शरीरमा बल भएर काम गरुन्जेलसम्म अधिकांश चलचित्रकर्मी सबैका लागि लोकपि्रय हुन्छन् । तर शारीरिक रुपमा अस्वस्थ भएपछि उनीहरुको अवस्था दुख लाग्दो हुन्छ । न त सरकार त न चलचित्र क्षेत्र नै उनीहरुलाई सहयोगका लागि एकजुट भएको नै देखिन्छ ।

नेपाली सिनेमा नगरीका सफल निर्देशक शिव रेग्मी अहिले यस्तै समस्या झेलिरहका छन् । लामो समयदेखि उपचार गराइरहेका शिव यतिबेला ओच्छ्यानमा छन् । तर उनको बिषयमा सिंगो सिने नगरीले खासै वास्ता गरेको देखिदैन । निर्देशक रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ । स्वास्थ्यमा केही सुधार आएपछि रेग्मी अहिले घरमै आराम गरिरहेका छन् । उनको साउन महिना भित्र मृगौला प्रत्यारोपण गर्ने बताइएको छ । शिवका आफ्नै भाइले एउटा मृगौला दिन लागेका हुन् । १८ दिनसम्म अस्पतालमा भर्ना भएका निर्देशक रेग्मीको यतिबेला डाइग्नोसिस प्रक्रिया चलिरहेको छ । डाइग्नोसिस प्रक्रिया लामो समयसम्म चल्ने र दैनिक १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ । मृगौला प्रत्यारोपणका लागि ४ लाख रुपिया धरौटी राख्नुपर्ने हुन्छ । यस्तै शिवको उपचारका लागि अझै १५ लाख लाग्ने वुझिएको छ । यसैले पनि निर्देशक रेग्मी चलचित्र बिकास बोर्ड अन्र्तगतको कल्याणकारी कोषबाट सक्दो सहयोगको अपेक्षामा छन् । यस्तै उनले विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको वुझिएको छ । विगत ७ महिनादेखि उपचारार्थ निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययनकै क्रममा छन् । यसैले पनि निर्देशक रेग्मीले आफ्नो उपचारका लागि चलचित्र क्षेत्रबाट नै सहयोग अपेक्षा गरेका हुन् । निर्देशक रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट सिनेमा दिएका छन् ।

Category: , ,

0 comments