बलिउडकी ‘सुन्दरी’ अभिनेत्री कट्रिना कैफ ३० वर्षकी भइन्

Unknown | 11:12 | 0 comments

बलिउडकी ‘सुन्दरी’ अभिनेत्री कट्रिना कैफ ३० वर्षकी भएकी छिन् । १४ वर्षकै उमेरमा मोडलिङबाट करियर सुरु गरेकी कट्रिना अहिले बलिउडकी चल्तीकी नायिकामा दरिन्छिन् । वर्ष सन् १९८३ को जुलाई १६ तारिखका दिन हङकङका जन्मिएकी कट्रिनाले लगभग १० वर्षअघि बलिउड करियर सुरु गरेकी थिइन् । यस अवधीमा कट्रिनाले बलिउडका हस्तीका अभिनेताहरु सलमान खान, शाहरुख खान, अक्षय कुमार लगायतको जोडी भएर अभिनय गरिसकेकी छिन् ।

कट्रिना अहिले भने बलिउडका अभिनेता आमिर खानसँग फिल्म ‘धुम–३’ मा र ऋतिक रोसनसँग ‘बंग बंग’मा काम गरिरहेकी भारतीय समाचार एजेन्सी ‘जी न्यूज’ले जनाएको छ । कलिलै उमेरमा मोडलिङ गर्ने उद्देश्यले मुम्बई प्रवेश गरेकी कट्रिनाको पहिलो बलिउड फिल्म भने ‘बुम’ थियो । जुन ‘फ्लफ’ फिल्म सावित हुन पुगेको थियो । कट्रिनालाई फिल्ममा अभिनेता अक्षय कुमारको जोडीका रुपमा बलिउडमा रुचाईने गरिएको छ । अक्षय कुमारसँग कट्रिनाले ‘नमस्ते लण्डन’, ‘हमको दिवाना कर गए’, ‘वेलकम’, ‘सिं इज किङ’, ‘तीस मार खान’ लगायतमा काम गरेकी छिन् । त्यस्तै कट्रिनाले अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार क्युँ किया’, ‘युवराज’, ‘पार्टनर’, ‘एक था टाईगर’ लगायतका अभिनय गरेकी छिन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments