भादगाउँले टोपी लगाएका चर्चित कलाकार प्राणको मृत्यु
भारतिय सिनेमाका चर्चित कलाकार प्राणको निधन भएको छ । सन् १९५० र ६० को दशकमा बलिउडमा चर्चित खलनायकको रुपमा चिनिएका कलाकार प्राण यसपश्चात एकाएक सामान्य भूमिकामा देखिएका थिए ।मनोज कुमारको चलचित्र ‘उपकार’मा सकारात्मक पात्रको भूमिका निर्वाहा गरेपछि प्राणलाई पछाडी फर्केर हेर्नु परेन ।
९३ बर्षको उमेरमा उनको मुम्बइको लिलावती अस्पतालमा निधन भएको हो । उनको निधनमा सिंगो बलिउड नै शोकमग्न भएको छ । प्राणले चलचित्रको पर्दामा नेपाली भादगाउँले टोपी पनि लगाएका थिए । उनलाई नेपाली दर्शकले पनि उत्तिकै माया र सद्भाव दिएका छन् । प्राणले मधुमती, जिद्दी, राम और श्याम, जंजीर जस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए । तर उनले आफूले अभिनय गरेको सिनेमा हेर्न रुचाउँदैनथ्य । प्राणले आफू अभिनित एक मात्र चलचित्र ‘जंजिर’ हेरेको बताइन्छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।Category: gossip
0 comments