बिकेकै हो त जीया र सोनियाको जवानी ?

Unknown | 07:55 | 0 comments

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘एटीएम’ले देशभरका हलमा राम्रो सुरुवात गरेको निर्माता दिनेश थापाले बताएका छन् । काठमाण्डौका अधिकांश हलमा सिनेमाले हाउसफुलको ओपनिङ गरेको निर्माता दिनेश थापाले दाबी गरे ।यादव सिलवालको निर्देशनमा तयार भएको यो सिनेमामा जीया केसी, सोनिया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ ।

प्रदर्शन अगावै अश्लिलताको पगरी गुँथेको यो सिनेमालाई सेन्सर बोर्डले प्रदर्शनमै रोक लगाएको थियो । तर निर्माताले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले सिनेमा चलाउन दिनु भनेपछि ‘एटीएम’ले सोलो प्रदर्शनको अवसर पाएको हो । चलचित्रले काठमाण्डौको गुण, गोपी, कलंकी, अष्टनारायण, बाराही, पुष्पाञ्जली लगायतका हलमा हाउफुल सुरुवात गरेको निर्माता थापाको भनाई छ । यस्तै मोफसलमा पनि एटीएमको व्यापार राम्रो रहेको बताइएको छ । अत्याधिक चर्चा पाएकाले पनि एटीएमले इनिशियल व्यापार गरेको देखिन्छ । सिनेमाको व्यापारको वास्तविक आँकडा आइतबार पछि स्पष्ट देखिनेछ ल हेर्नुहोस भिडियोमा ।

Category:

0 comments