ऋतिक रोशनको ब्रेनको सर्जरी
बलिउड नायक ऋतिक रोशनको ब्रेनको सर्जरी गरिएको छ । ऋतिकको इन्डोस्कोपी ब्रेन सर्जरी मुम्बइको हिन्दुजा अस्पतालमा गरिएको हो । उनको दिमागमा केही समस्या भएको बताइएको छ । सर्जरी गर्ने फैसला उनले एकसाता अघि नै लिएका थिए । यसैले पनि ऋतिक एकसाता सम्म परिवारसँग नै थिए ।
सर्जरीका लागि जानु अघि ऋतिकले फेसबुकमा लेखेका थिए, ‘हामी सबैलाई थाहा छ कि, दिमागको कारणले गर्दा हामीले निक्कै खुशीको जिन्दगी पाएका छौ । मैले आफ्नो दिमागको कारणले गर्दा धेरै नै कुरा हाशिल गरेको छु । सबैलाई ब्रेनको महत्व थाहा नै होला ।’ म ब्रेनको सर्जरी गर्न जाँदै छु, र आशा छ तपाइहरुको माया र प्रार्थनाले मलाई ठिक हुनेछ ।’ यता ऋतिकका पिता राकेश रोशनले भने सर्जरी सामान्य खालको भएको बताएका छन् । के भन्छन त ऋतिक , तलको बक्स मा क्लिक गरि भिडियो हेर्नुहोस ।
0 comments