राजेशपायलले गरे हिंसा पिडित महिला र बाढीपिडितलाई सहयोग
नेपाली सिनेमा तथा सुगम संगीतका चर्चित गायक राजेशपायल राइले हिंसा पिडित महिला र बाढीपिडितका लागि आर्थिक सहयोग गरेका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी राजेशले हिंसा पिडित महिलाहरुलाई आश्रय दिदै आएको रक्षा नेपाल नामक संस्थालाई २५ हजार नगद सहयोग गरेका थिए ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सहयोग रकम वुझेकी थिइन् ।यस्तै हेल्थ नेपाल मार्फत बाढीपिडितहरुलाई पनि २५ हजार नगद सहयोग राजेशले प्रदान गरेका छन् । यस्तै ‘नमस्ते ब्याण्ड’ले ‘अरुण थापा संगीत पुरस्कार’को समेत घोषण सोही कार्यक्रममा गरेको थियो । जापानमा रहेर सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका इश्वर गुरुङ र प्रकाश रानामगरले २ लाख बराबरको अक्षयकोषको स्थापना गरेका छन् ।२ लाख रकमबाट प्राप्त हुने ५० हजार ब्याज गायक, गायिका र गीतकार मध्येबाट एकजनालाई बाषिर्क रुपमा प्रदान गर्ने बताइएको छ । कार्यक्रममा गायक राजेश पायल राइले ‘दर्शन नमस्ते २’ एल्बम निकाल्ने तयारी गरेको जानकारी दिएका थिए ।Category: gossip
0 comments