असमका गायक लोहित गोगोई नेपाल आउने
नेपालको छिमेकी राष्ट्र भारतको उत्तर-पूर्वी राज्य असमका प्रसिद्ध गायक लोहित गोगोईको सम्मानमा राजधानीमा ‘लोहित गोगोई साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ । नेपाली वाङ्मय परिषद्ले साउन ६ गते आयोजना गर्ने कार्यक्रममा गोगोईले असमिया, हिन्दी तथा नेपाली भाषामा करिब दुई दर्जन गीत सुनाउने छन् ।
भारत वर्षका अमर सङ्गीतकार तथा गायक भूपेन हजारिकाका शिष्य लोहितलाई असमियाहरू हजारिकाको अवतारकै रुपमा लिन्छन् । सन् १९९१ मा आफ्नै रचना, सङ्गीत तथा स्वरमा ‘नवागत’ नामक गीति एल्बम प्रकाशन गरेर लोकपि्रयताको शिखरमा निरन्तर पुगेका गोगोईका १९ एल्बम निस्किसकेका छन् । ती मध्ये दुई एल्बम नेपाली भाषामा छन् भने भूपेन हजारिकाका केही असमिया तथा हिन्दी भाषाका कालजयी गीतहरूलाई उनले नेपाली भाषामा अनुवाद गरेर आफ्नै स्वरमा ‘मानिस मानिसकै लागि’ नामक एल्बम निकालेका छन् । नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूका अनुसार नेपाल-भारतबीच सांस्कृतिक सद्भाव आदान-प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिकगरि हेर्नुहोला ।Category: gossip
0 comments