पार्टी खोल्न गाह्रो हुने भएपछि कोमल वलीको नयाँ दाउ

Unknown | 04:18 | 0 comments

गायिका तथा नायिका कोमल वलीले अभिनय गरेको चलचित्र ‘राजनीति’ भदौको २८ गतेबाट प्रदर्शनमा आउँदैछ । तर कोमल चलचित्रको पर्दामा जस्तै वास्तविक जीवनमा पनि राजनीतिमा आउने सुरमा छन् ।अनलाइनखबरको एक भेटमा कोमलले राजनीतिमा आउनको लागि आफूले विभिन्न पार्टीसँग कुरा गरिरहेको खुलासा गरिन् ।

कोमलले भनिन्, ‘म त स्वतन्त्र रुपमा नै उठ्न चाहन्थे तर यसरी चुनावको प्रचारमा लाग्दा धेरै नै रकम खर्च हुने रहेछ । तर कुनै पार्टीको कार्यकर्ताको रुपमा चुनाव लड्दा खर्च सबै पार्टीले नै गर्ने रहेछ ।’ सुरुमा कोमल केही चर्चित चलचित्रकर्मीको नेतृत्व गर्दै स्वतन्त्र रुपमा नै चुनाव लड्ने दाउमा थिइन् । तर यसरी लड्दा रकम ज्यादा खर्च हुने र आफ्नै पकेटबाट जाने वुझेपछि कोमलले राजनीतिक दलकै झण्डा ओड्ने तयारी गरेकी हुन् । तपाई कुन पार्टीबाट चुनावमा उठ्न लाग्नु भएको त भन्ने प्रश्नमा कोमलले, आफूले नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लगायतका पार्टीसँग कुरा गरिरहेको जानकारी दिइन् । यति धेरै पार्टीसँग कुरा किन गर्नुभएको त भन्ने प्रश्नमा कोमलले केही खुलाउन चाहिनन् । तर कोमल वली जुन पार्टीबाट राम्रो अवसर पाइन्छ त्यता तर्फ नै पाइला लम्काउने दाउमा छिन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिकगरि हेर्नुहोला ।

Category:

0 comments