एनआरएन नर्वेद्वारा आमाको घरलाई एक लाखभन्दा बढि सहयोग
नर्वे । गैरआवासीय नेपाली संघको सचिवालयमा एनसिसि नर्वेले आमाको घरको व्यवस्थापनको लागि अन्तिम किस्ताको बाँकी रकम रु १ लाख २३ हजार नर्वेका अध्यक्ष डा. सुरज थापा र निवर्तमान अध्यक्ष प्रो. डा. विशाल सिटौंलाले दिल शोभा श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।
यसै आवसरमा श्रेष्ठलाई प्रशसा पत्रका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो।एनसिसि नर्वेले २ वर्षको लागि आमाको घरको व्यवस्थापनमा सहयोग गर्नको लागि प्रत्येक महीना रु २० हजारका दरले रकम उपलब्ध गराउदै आएकोमा अब उपारान्त प्रत्येक महिना गरिने सहयोग हाललाई स्थगित गरिएको जानकारी दिनु भयो । उहाँहरुले भविष्यमा पनि एनसिसि नर्वेले गैरआवासीय नेपाली संघको परोपकारी परियोजनामा सहयोग गर्ने बारे बताउनु भयो । यस कार्यक्रममा नर्वेका गैरआवासीय नेपालीहरुका साथै गैरआवासीय नेपाली संघ सचिवालको सहभागीता रहेको थियो । भिडियो हेर्नुहोस्Category: wonder
0 comments