‘टाइम पास’ गर्न आउनेहरु हराए-माल्भिका सुब्बा

Unknown | 12:52 | 0 comments

मिस नेपाल २००२ भएपछि त्यतिबेलैदेखि माल्भिका सुब्बाको चर्चा निकै भयो । विशेषगरी स्टेजमा हुने कार्यक्रम र सामाजिक सेवामा उनको चर्चा अहिलेसम्म चुलिएकैछ । माल्भिका अहिले समाजसेवा र पत्रकारितामा व्यस्त छिन् ।


कस्तो चल्दै छ फेशनको दुनियाँ ?
एकदमै राम्रो भएको छ । हामी अब विदेशमा पनि आँखा लगाउन थालिसकेका छौं । नयाँ नयाँ सोच बोकेर यो क्षेत्रमा प्रतिभाहरु आइरहनुभएको छ ।
तपाईंले मिस नेपाल हुनुअघि र भएपछि के फरक पाउनुभयो ?
मैले त खासै फरक पाएको छैन । म विशेषगरी टेलिभिजनमा फोकस हुन चाहन्थे । यसैले पनि मसँग स्पष्ट भिजन थियो ।
यो दुनिया व्यवसायिक भएको छ ?
शतप्रतिशत त व्यवसायिक भएको छैन । तर जसले यो क्षेत्रलाई करिअरको रुपमा नै लिनुभएको छ उहाँहरुका लागि त यो क्षेत्र व्यवसायिक नै हो । तर टाइमपास गर्न आउनेहरु आएर हराएका छन् ।
यहाँ धेरै सौन्दर्य प्रतियोगिता हुन्छन्, तर मिस नेपालकै चर्चा किन बढी भएको होला ?
यहाँ सौन्दर्य प्रतियोगिता गर्ने होडबाजी नै चलेको छ । युवाहरुमा फेशन र मोडलिङप्रति झुकाव बढ्दै गएको छ । साना साना सौन्दर्य प्रतियोगिता आयोजना गर्ने आयोजकहरुले सहभागी पनि पाउनुभएको छ । तर पनि मिस नेपालसम्म उहाँहरु आउनु आँट भने त्यसै गर्न सक्नुहुन्न ।
मिस नेपालहरु म्यूजिक भिडियो या सिनेमामा आउँछन्, तपाईंको सोच आएन ?
म पहिलेदेखि नै एउटा स्पष्ट दिशा बोकेर आएको थिएँ । मलाई टेलिभिजनमा काम गर्न मन पथ्र्यो । यसैले पनि यो क्षेत्र मेरो लागि चासोको बिषय बनेन ।
किन त्यस्तो, यो क्षेत्र अस्तव्यस्त भएर हो ?
हामीले १२ बर्ष अघि हेर्दा सिने नगरी अस्तव्यस्त नै थियो । अहिले सायद म मिस नेपाल भएको भए यो क्षेत्रमा आउन पनि सक्थें होला । अहिले फिल्म क्षेत्र विकसित भएको हो भन्ने लाग्छ मलाई ।
तपाईंले अहिले बुझेको सिने नगरी विकसित हो ?
पक्कै पनि हो, अहिले यो क्षेत्र विकसित भएको छ । यहाँ नयाँ नयाँ सोच र विचार बोकेकाहरु आएका छन् । पछिल्लो समय बनेको सिनेमाहरु स्तरीय पनि छन् । यसैले सिने नगरी विकसित भएको हो ।

Category:

0 comments