Home �
gossip
� करिना कपूरको जस्तै जिरो फिगर बनाउने धूनमा बिनिता यस्तो गर्दै छिन
Unknown |
00:40 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एक जना चलचित्रकर्मीले नेपाली नायिकाहरुले बलिउड नायिकाको जसरी फिगर मेन्टेन गर्न नसक्ने भनेपछि उनको मनमा चिसो पसेको थियो । पाँच फिल्ममा अभिनय गरिसकेकी नायिका बिनिता घिमिरे यतिबेला आफ्नो ज्यान घटाउने दौडमा छिन् । अनलाइनखबरसँग उनले आफूले जिरो फिगर बनाउन लागेको र यसका लागि मेहनत गरेको खुलाइन् । ‘दैनिक व्यायाम गरिरहेको छु, उनले भनिन्’, ग्रीन टिमा अझ बढी जोड छ ।’ एउटा राम्रो सिनेमाको खोजीमा छु भन्ने बिनिताले करिना कपुरले कसरी जिरो फिगर बनाइन् भनेर अध्ययन गरिरहेकी छिन् । भनिन्, ‘जिरो फिगरका फर्मूला गहिरिएर अध्ययन गरिरहेको छु ।’ बिनिता यतिबेला सेक्सको बिषयमा दिएको एक अन्तर्वार्ताका कारण पनि चर्चामा छिन् । उनले आफ्नो पूर्व प्रेमीसँग पहिलो पटक सेक्स भएको बताएर चर्चा बटुलेकी छिन् । पछिल्लो समय नेपाली नायिकाहरु सेक्सको विषयमा खुलेरै बोल्न थालेका छन् । बिनिताले पनि प्रेमी छ, सेक्स भएको छैन भन्नु हाँस्यास्पदमात्र भएको बताइन् । जिरो फिगर भएपछि चलचित्रमा बिकिनी लगाएर अभिनय गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले त्यो समयले नै बताउने बताइन् । नेपालमा बलिउड नायिका करिना कपुरको जस्तै जिरो फिगर बनाउने कोसिस नायिकाहरुले नगरेका होइनन् । तर कोही पनि नायिकाले सफलताको झण्डा भने गाड्न सकेनन् । ४७ केजीको आफ्नो तौललाई घटाउन लागिपरेकी बिनिता यसमा कत्तिको सफल हुनेछिन् त्यो भने पछि नै थाहा हुनेछ । तर मोटाउँदै गएको ज्यानले उनको आलोचना भने हुन थालेको थियो । ‘कस्तो टेन्सन’, ‘राहदानी’, ‘मतान’ लगायतका सिनेमामा अभिनय गरेकी घिमिरेको कुनै पनि चलचित्र प्रदर्शनमा आउन भने सकेका छैनन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
gossip
0 comments