Unknown |
02:35 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२० फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महँगो शहर घोषित भएको छ । काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ ।
ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको छ । यो सूचीको शीर्ष स्थानमा भारतको मुम्बई छ भने पकिस्तानको कराँची, भारतको नयाँदिल्ली, सिरियाको दमास्कस र पाँचौं नम्बरमा काठमाडौं छ । रियाद पुछारमा छ । महंगी विश्लेषणमा यिनीहरु १ सय २२ देखि एक सय ३१ नम्बरमा परेका छन् ।
नेपालसँगै भारत र पाकिस्तान शहर सस्तो वर्गमा रहेको प्रतिवेदनका सम्पादक जोन कपस्टेक बताउँछन् । असुरक्षा र घरेलु द्वन्द्वका कारण पनि नेपालसँगै पाकिस्तान, भारत, सिरिया र अल्जेरियाका शहरहरु सस्ता शहरहरुको सूचीमा परेको बताइएको छ । उपभोग्य मूल्यको उतारचढावको कारण एसियाली शहरको महंगी बढ्ने गरेको विश्लेषण गरिएको छ । बढ्दो जनसंख्याको चाप भएर पनि भारतमा महंगी खासै नभएको सर्वेक्षणमा देखिएको छ । भारतको मुम्बई र नयाँ दिल्ली विश्वको सस्तो शहरको कोटीमा परेका छन् । भारतमा श्रमज्याला दर कम भएपनि राज्यले दिने सहुलियतको कारण उपभोक्ताले सस्तो जीवनयापन गर्न पाएको र महंगीको मार कम खेप्नुपरेको सर्वेक्षणमा देखिएको छ ।

एसियाली शहरहरुमा उपभोग्य सामाग्रीहरुको मूल्य बढी भएको शहरमा भने टोक्यो परेको छ । मनोरञ्जन सामाग्रीको मूल्यमा बढी खर्च गर्नेमा युरोपेली मुलुकका उपभोक्ता छन् । उनीहरुको आम्दानी स्तर बढी भएको हुँदा मनोरञ्जनमा खर्चालु भएका हुन् ।
सिंगापुरलाई पछ्याउँदै ओस्लो र जुरिच
सिंगापुरपछि पेरिस दोस्रो स्थानमा परेको भने ओस्लो तेस्रो स्थानमा छ । चौथोदेखि १० औं नम्बरमा परेका शहरहरुमा जुरिच, सिड्नी, काराकास, जेनेभा, मेल्बर्न, टोक्यो र कोपनहेगन छन् । top-ten-most- न्युयोर्ककै हाराहारीमा जीवनशैली अपनाउन थालेको सिंगापुर सर्वाधिक महँगो शहर घोषित हुनुलाई आश्चर्य मान्नुनपर्ने सर्वेक्षक संस्थाको दावी छ । एक दशकदेखि ४० प्रतिशतले भएको मुद्राको विनिमय दर एवं मूल्यवृद्धि र दोब्बर मुद्रास्फ्रितिले यहाँको महंगी बढेको बताइएको छ ।
उदाहरणका रुपमा, पछिल्लो १० वर्षमा एक बोतल वाइनको मूल्य १३.२५ अमेरिकी डलरबाट २५.०४ पुगेको छ । यो ८९ प्रतिशतले वृद्धि हो । बे्रडको मूल्य १ सय ५० प्रतिशतले वृद्धि भई ०.६९ डलरबाट १.७३ पुगेको छ ।
गाडी झन् महंगो
सिंगापुरमा गाडी सञ्चालन निकै महंगो बनेको छ । गाडी किनेपछि गर्नुपर्ने दर्ता प्रक्रिया र मर्मत सम्भार, पार्टपूर्जा पनि खर्चिलो छ यहाँ । जुन न्युयोर्कको तुलनामा ३ गुणा बढी हो । त्यस्तै, सिंगापुरमा विश्वस्तरका महंगा फेसन सामाग्री आयात हुने गरेको छ । यहाँका उपभोक्ता फेसनमा निकै खर्चिला छन् । स्थानीय सपिङ मल र बुटिकहरुमा युरोपियन ब्राण्डका महंगा कपडाहरु पाइन्छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
intresting,
wonder
0 comments