Home �
news
� जनताले चाहे राजतन्त्र फर्कन सक्छ : ज्ञानेन्द्र
Unknown |
09:23 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१२ बैशाख, चितवन । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहेमा राजतन्त्र फर्कन सक्ने बताएका छन् । चितवनको जुटपानी ६ सर्युपुरमा रहेको वौद्ध गुम्वामा पूजा अर्चनापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा अझै मेलमिलाप हुन नसकेको आफ्नो अनुभव रहेको सुनाए ।
देश अझै पनि अन्यौलमा रहेको भन्दै उनले सवैलाई समेट्ने किसिमको संविधान वन्नोस भन्ने चाहना जनता र आफ्नो चाहना रहेको बताए । देशमा देखिएको अन्यौलता हटाउनकै लागि आफू देशका विभिन्न मठमन्दिरमा पुगेर प्राथना गरिरहेको उनको भनाइ छ ।
गुम्वामा पूजा गर्नु अघि खोलेसिमल वजारमा पूर्व राजा शाहलाई समर्थकले स्वागत गरेका थिए । उनले रत्ननगरको निपनीमा रहेको हरिहर मन्दिर र कालिका मन्दिरको पनि पूजा अर्चना गरेका छन् ।
उनी नारायणगढको सेन्ट्रल पाम होटलमा बास वस्ने छन् भने शनिबार नारायणगढस्थित नारायणिकला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ज्ञानेन्द्रले नारायणगढस्थित पशुपतिनाथ गौरिश्वर मन्दिरमा पूजा अर्चना गरी पुल्चोकसम्म पैदलयात्रा गर्ने आयोजकले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
news
0 comments