Home �
intresting
,
wonder
� भोकाएको सिंहबाट शिकार गर्न लागेको बच्चा को दया माया , एक अनौठो भिडियो
Unknown |
06:51 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भोकाएको सिंहबाट तपाईं कहिल्यै दया माया र करुणाको आश गर्नुहुन्छ ? पक्कै पनि यो असम्भव कुरा हो । अफ्रिकी मुलुक बोत्स्वानाको जंगलमा हालै एक सिंहले बाँदरको बच्चाप्रति अनौठो प्रेम देखाउँदै स्याहार गरेको छ । यो अविश्वसनीय घटनाको तस्वीर फोटोग्राफर एवल सेचिलर र जिला होल्जवर्थले कैद गरेका छन् । घटना बोत्सवानाको उत्तरी क्षेत्र सेलिन्डाको जंगलको हो । बाघको घेराइमा परेका ३०/४० वटा बाँदर कराउँदै भागिरहेका थिए । ज्यान बचाउन कोही अग्ला–अग्ला रुपमा चढे । तर, एउटा बाँदर सिंहको अगाडि प¥यो ।

उसको काखमा बच्चा पनि थियो । भोकाएको सिंहले के छोड्थ्यो ? उसले माउ बाँदरको प्राण लियो । आमाको मृत्युपछि बच्चा डराउँदै केही पर भाग्न खोज्यो तर, जर्गिएको सिंहले उसको सातो लियो । सिंह नजिकै आएपछि रुख चढ्ने प्रयासमा रहेको बच्चो उसैतिर फर्कियो र झम्टिउँला झैँ ग¥यो । झम्टिन गएको सिंह भने एकाएक मायालु बन्यो र उनलाई स्याहार्न पो लाग्यो । ‘बाँदरको बच्चा सिंहको तलमाथि उफ्रिरहेको थियो’ होल्जवर्थले भने–उसले भने विस्तारै बच्चालाई मुखले समातरे अगाडि राख्यो । बाँदरले उसको छातिमा दुध चुसे जस्तो गरिरहेको थियो ।’ नजिकै आइपुगेको अर्को सिंहले भने बाँदरको बच्चालाई छाड्ने अवस्था देखिएनन् । उसले झम्टिएर जाँदा जे देखियो, त्यो झन अविश्वसनीय थियो । बाँदरको बच्चा बचाउन सिंह लडाई गरिरहेको थियो । अन्तिममा सिंहले बाँदरको बाऊलाई बच्चो उद्दार गर्ने मौका दियो । रुसमा बसेको भाले बाँदरले उसलाई मुखमा च्यापेर सुरक्षित तरिकाले लग्यो । यी सवै दृष्य क्यामेरामा कैद गरेकी फोटोग्राफरले भन्छिन– यो घटना मेरो जीवनका लागि सवैभन्दा प्रेरणादायक रह्यो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
intresting,
wonder
0 comments