प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सार्वजनिक संस्थानमा
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सार्वजनिक संस्थानमा अबदेखि राजनीतिक नियुक्ति नगर्ने प्रतिवद्धता व्यक्त
(२०६८ मसिर १९, सोमवार)





काठमाडौ - प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक संस्थानमा अबदेखि राजनीतिक नियुक्ति नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सार्वजनिक संस्थानमा खुला प्रतिस्पर्धाबाट प्रमुखको नियुक्ति गरिने बताए ।
सोमबार संसदको सार्वजनिक लेखा समितिमा सभासदहरुले उठाएका विषयको जवाफ दिंदै प्रधानमन्त्री भट्टराईले कतिपय निकायमा प्रतिस्पर्धाबाट नियुक्तिको थालनी भइसकेको पनि जानकारी दिए । राजनीतिक चलखेल र नियुक्तिका कारण सार्वजनिक संस्थाहरु धरासायी बन्दै गएको प्रति सभासदहरुले चासो राखेका थिए । समितिले सार्वजनिक संस्थाहरुको बिग्रदो अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री भट्टराई र मुख्य सचिव माधव घिमिरेलाई बोलाएको थियो ।
'अब संस्थानहरुमा गरिने कार्यकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट गरिने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गुर्नभएको छ,'लेखा समितिका अध्यक्ष रामकृष्ण यादवले बताए । यसअघि भएका नियुक्तिहरु पनि खारेजी हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको यादवले जनाए ।
समितिले यसअघि सार्वजनिक संस्थानहरुमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनको अवज्ञा हुँदै आएको छ । बैठकमा सभासदहरुले बाध्यता र सरकार जोगाउने नाममा सार्वजनिक संस्थानहरुमा अनावश्यक राजनीति नगर्न र गर्न नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
Category: news
0 comments