20 सेकेन्ड मा मोबाइलको ब्याट्री फुल चार्ज गर्न सकिने नया काइदा

Unknown | 16:20 | 0 comments


तपाइलाई मोबाइल फुल चार्ज गर्नका लागि कति समय लाग्छ, १ घण्टा, २ घण्टा, ३ घण्टा वा त्यो भन्दा कम । सायद तपाईलाई कहिलेकाहीँ हतार भएको बेला मोबाइल चार्ज गर्न नपाएर मोबाइल त्यतिकै बोकेर हिड्नुपरेको र त्यसका कारण समस्यामा समेत पर्नु भएको हुन सक्छ ।
मोबाइल चार्ज गर्न लाग्ने समयसम्म रोकिन समय नहुँदा बेला-बेलामा हामी झण्झट बोक्दै आएका छौ । यसरी मोबाइलको चार्जको समस्याको समाधान खोजिरहनु भएको छ भने नआत्तिनुस् अब तपाईको मोबाइल मात्र २० सेकेण्डमा फुल चार्ज हुन्छ ।
अचम्म लाग्ला २-३ घण्टा लाग्ने मोबाइल चार्ज मात्र २० सेकेण्डमा भन्दा, तर, यो सही हो की अब तपाईले बोक्ने मोबाइलको ब्याट्री मात्र २० सेकेण्डमा फुल चार्ज गर्नसक्नु हुन्छ । एक १८ वर्षिय किशोरीले यस्तो चार्जरको निर्माण गरेकी छिन् जसले मात्र २० सेकेण्डमा तपाईको मोबाइलको ब्याट्री फुल चार्ज हुन्छ ।
तपाईले मात्र निमेषभरमा आफ्नो मोबाइल फुल चार्ज भएको पाउनुहुनेछ ।


सारागोटाकी किशोरी इशा खारेले बनाएको मोबाइल चार्जरले मात्र २० मिनेटमा मोबाइलको ब्याट्री चार्ज हुन्छ । उनले यसलाई गत हप्ता भएको इन्टेल इन्टरनेशनल साइन्स एण्ड इन्जिनियरिङ फेयरमा प्रदर्शन गरेकि थिइन् ।

उनले पहिले एक लेडमा उक्त चार्ज गरेर देखाएकी थिइन् । तर, उनले के दावी गरेकी छिन् भने आफूले उक्त उत्पादनलाई केही समयभित्रै कार तथा अन्य ग्याजेटका लागी समेत निर्माण गर्ने छिन् ।

उनले आफ्नो मोबाइलले निके दु:ख दिएपछी आफूले मोबाइलको ब्याट्री चार्ज गर्न सक्ने खालको उत्पादन बनाउन लागिपरेको र यसमा आफूले निकै ठूलो सफलता पाएको दावी गरेकी छिन् ।

तलको भिडियोमा हेर्नुहोस कसरि चार्ज हुदो रहेछ 20 सेकेन्डमै   ।

Category: ,

0 comments