११ महिने छोरोलाई जंगलमा फालेर आमा प्रेमीसंग रात बिताउदै रोमान्समा मस्त ..
आमा ममताकी खानी हुन् तर कलियुगमा यस्ती आमा पनि छिन् जसले परपुरुषको अंगालोमा बाँधिनका लागि आफ्नो बच्चालाई जंगलमा फाल्न सक्छिन् । हो, चितवन नारायणगढकी एक महिलाले आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर प्रेमी संग रात बिताउन गइन् । ती निर्दयी आमा हुन् मीना परियार (पौडेल) । बागलुङको पैञ्युपाटा-५ बाट आफ्नो प्रेमीलाई भेट्न पर्वतको फलेबास जाँदै गर्दा मीनाले मंगलबार अनकन्टार जंगल भित्र झाडी र भिरालो स्थानमा आफ्नो बच्चा फालेर फरार भएकी हुन् । बच्चा फालेको २० घण्टापछि प्रहरीले आफन्तको सहयोगमा बच्चालाई जीवितै उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो छोरा लिएर हिँडेकी मीनालाई बुधबार दिउँसो सदरमुकाम कुस्मा बजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । प्रहरी र आफन्तले खोजि गर्दै जाँदा बच्चा पछ्यौरामा बाँधेको अवस्थामा झाडीभित्र बुधबार दिउँसो २ बजे फेला परेको थियो ।
बच्चालाई निमोनियाको संक्रमण देखिएकोले पर्वतमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाइएको छ । प्रहरीले मिनालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न अनुसन्धान भैरहेको बताएको छ ।
सात वर्ष अघि चितवनको नारायणघाटका कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी मीनाको अन्य ५ वर्षीय र ३ वर्षीय २ जना छोरा पनि छन् । अन्तर्जातीय प्रेम विवाह गरेकाले घरपरिवारले हेला गरेपछि मीनाका श्रीमान् पनि गाउँबाट निस्किएका थिए । मीना भने गत माघ देखि माइती बस्दै आएकी थिइन् ।
माइतीघरमा बस्दा त्यहीँको एक युवकसंग प्रेम बसेको र ती युवकले बच्चा भएकोले विवाह गर्न नसक्ने बताएकोले उनले आफ्नो ११ महिनाको बच्चालाई जंगलमा फालेर हिँडेको बताएकी छन् ।
Category: gossip
0 comments