रेखा थापाले ‘कन्ट्री डेभलोपमेन्ट’ भन्दै अंगेजीमा यस्तो भाषण गरिन
उसै त नेपाली कलाकारहरु अंग्रेजी भाषामा आफ्नो भनाई राख्दा चर्को आलोचना र हाँस्यको पात्र बनेका छन् । बर्ष दिन अघि नायिका सुमिना घिमिरेले एक अवार्ड कार्यक्रममा पुरस्कार पाएपछि बोलेको अंग्रेजीले सर्वाधिक आलोचना भोगेको थियो । सुमिनाको उक्त अंग्रेजी मन्तव्यलाई सामाजिक संजालमा नेपाली नायिकाको झुर अंग्रेजी भन्दै आलोचना पनि गरिएको थियो ।
अब नेपालकी नम्बर १ नायिका भनिएकी रेखा थापाले केही दिन अघि अंग्रेजीमा दिएको एक अन्र्तवार्ताले पनि यस्तै चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल फेसबुक देखि युट्युबमा रेखाको यो अंग्रेजी अन्र्तवार्ताको छोटो अंशले आलोचना भोगिरहेको छ । रेखाले प्रयोग गरेको अंग्रेजी शब्द र उनको भाषा देखेर धेरै दर्शक हाँसिरहेका छन् । उनले यो अन्र्तवार्ता एकिकृत नेकपा माओवादीमा प्रवेश गरेपछि एक मिडियालाई दिएकी हुन् । तर रेखाले अंग्रेजी भाषा बोल्दा प्रयोग गरेको शब्द नायिका सुमिना घिमिरेको भन्दा पनि कमजोर देखिन्छ ।
अंग्रेजी बोल्दा निक्कै नर्मस देखिएकी रेखाले सामान्य भाषा पनि प्रयोग गर्न सकेकी छैनन् । केही समय अघि अमेरिकाबाट फर्किएपछि उनले अमेरिकामा बस्ने नेपालीहरु ‘होमलेस’ भएका छन् भनेर एक मिडियालाई अन्र्तवार्ता दिएकी थिइन् । तर रेखाले पछि आफूले ‘होमसिक’ भन्न खोजेको भन्दै सच्चाएकी थिइन् । अमेरिकाका नेपाली घर संझेर पिडित भएका रहेछन् भन्न खोजेकी रेखाले ‘होमलेस’ भन्दा धेरैले हाँसोमा उडाएका थिए ।
रेखाले एकिकृत नेकपा माओवादी देश विकासमा अंग्रसर छ भन्दै ‘कन्ट्री डेभलोपमेन्ट’ भन्दै दिएको अन्र्तवार्ताको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ । यो अन्र्तवार्ता हेरिसकेपछि रेखाको अंग्रेजी कस्तो रहेछ भनेर छुट्टयाउने जिम्मा दर्शकलाई नै ।
homeless bhanda pani issue ko kura ta US bata farkiney macnchey lai swagat gaarna pariwar ra mitra haru airport jana jaruri chaina rey...tyo barema dherai halla bhai rakheko cha virginia ma...yo kura nepal ma uthena...teshlai k maatlaab j garepani...aafno family ta Qatar, Dubai, Malaysia jata bata aaye-pani swagat gaarna airport pugi haalcha ni.....teshlai US koi manchey ko chinta chai kina......what's the reason...
ReplyDeletebuddhatwa prapta gaarney mahan maanchey..........
ReplyDeletehttp://www.youtube.com/watch?v=MKRrF_1SWaQ
4:40 to 4:50...ko time ko kura ley chai dherai naramro lagkeko ho..........
अंग्रेजी भाषा हाम्रो भाषा नभएकोले बोल्दा गल्ती त भैहाल्छ नि । नेपाली पाराको English लाई नेपालीले धेरै कमेन्ट नगर्दा राम्रो होला नि । comparing to the forieners who speak Nepali, do we English speaker nepalese have the same attitude toward the foreign language?
ReplyDelete