निशासँग भाँचियो सगरमाथामा शेर्पाको मन

Unknown | 03:15 | 0 comments

नायिका निशा अधिकारी आफूलाई १ महिना भन्दा धेरै समयसम्म सगरमाथाको फेदमा सेवा गरेका शेर्पाहरुलाई थाहै नदिई हेलीकोप्टर चढेर सुटुक्क लुक्लातर्फ लागेपछि शेर्पाहरुले मन दुखाएका छन् । नायिका अधिकारीलाई चिया पकाइदिने, गोडामा तेल लगाएर मालिससमेत गरिदिने शेर्पाहरुले सगरमाथाबाट फर्केपछि निशालाई खादा ओढाउन पाइएला भनेर आशा गरेर बसेका थिए । सगरमाथाको चुचुरोमा पुगेकी निशालाई स्वागत र सम्मान गर्नका लागि उनी सगरमाथा चढेको समिट ७ मा बसेका शेर्पाहरुलाई भेट्दै नभेटी नायिका अधिकारी आधार शिबिरबाटै हेलीकोप्टर चढेर लुक्ला फर्किएपछि शेर्पाहरु जिल्लाराम परेका हुन् । ‘यो आइमाई त कस्तो स्वार्थी पो रहेछ ।’- निशा हेलीकोप्टर चढेर फर्किएको थाहा पाएपछि शेर्पाहरुले सरकारी कर्मचारीसँग टेलिफोनमा गुनासो पोखे । नायिका निशा सगरमाथा शिखरमा पुग्ने पहिलो नायिका भए पनि उनले सगरमाथा आरोहीका रुपमा नभई ‘हाइ अटिच्युट वर्कर’ यस्तो पहिचान सगरमाथा आरोहीलाई नभएर ओरोहीका सहयोगी शेर्पाहलाई दिइने गरिन्छ । नायिका निशासँगै अर्का नायक अर्जुन कार्कीले पनि ‘हाइ अटिच्युट वर्कर’का रुपमा सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् ।

Category:

0 comments