बेडसिन दिदा मलाइ मज्जा आउछ - स्मिता थपलिया, अभिनेत्री

Unknown | 02:52 | 0 comments

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि। सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!फिल्मको कथाअनुसार चाहिने जति दृश्य दिएकी हुँ। मैले अहिले यस्तै फिल्म खेलिरहेकी छु। म कलाकार हुँ, परिस्थितिअनुसार जे पनि गर्नुपर्छ। त्यसैले अहिले त्यसो भन्दा मलाई केही फरक पर्दैन।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि बाध्यताले परपुरुषसँग रोमान्स गर्नुपर्ने फिल्मको कथा छ। त्यसैले यस फिल्ममा कथाले मागेजति बेड सिन दिएकी छु। पाँच जना हिरोसँग मेरो रोमान्स सिन राखिएको छ। 
हिरोइन बन्न त निर्देशकले मागेजति पनि दिनुभयो होला?
क्यामराअघि निर्देशकले भनेजत्तिको हट दृश्य दिन कुनै आपत्ति छैन। तरत्यसभन्दा बाहिर गएर कसैले प्रस्ताव राख्छ भने उसले झापड खान्छ। 
गरम सिनमा काम गर्न गाह्रो हुँदैन?
किस सिन दिन अलि गाह्रो हुन्छ। किनभने साह्रै घिन लाग्छ। तरबेड सिन दिँदाचाहिँ रमाइलो लाग्छ।
बाआमाले यो कुरा सुनेपछि 'छोरीको बिहे गर्ने बेला भएछभन्ठान्छन् होला!
बिहे त १० वर्ष यता गर्दिनँ। 
बेड सिन दिँदा नै रमाइलो मान्न थालेपछि मन बाँधेर बस्न सकिन्छ त?
किन नसक्नुकाममा व्यस्त भएपछि यस्तो सोच्ने फुर्सद कहाँ हुन्छ र?
नेपाली फिल्मको हट हिरोइन बन्ने लक्ष्य हो?
सानैदेखि चर्चित हिरोइनचाहिँ बन्न चाहन्थेँ। त्यो चर्चित हिरोइन बन्नका लागि हट सिन दिन आवश्यक देखियोदिएँ। तरत्यस्तो छाप चाहिँ नपरोस्। 
तपाईंले अभिनय गरेका 'द लास्ट किसर 'लभ इज लाइफदुइटै त्यस्ता फिल्म थिए। यो पनि नाम सुन्दै त्यस्तै लाग्छ। अनि हट हिरोइनको छाप बसेन त?
पहिला सानैदेखिको हिरोइन बन्ने सपना पूरा गर्छु भनेर अफर आएका फिल्म गरेँ। यो क्षेत्रमा स्थापित भएपछि त्यो छाप मेटौँला नि।
स्थापित हुन फिल्म पनि चल्नुपर्‍योहोइन र?
'द लास्ट किसचलेकै हो। 'रोमान्सपनि चल्छ। यत्तिको फिल्म पनि चलेन भने नेपालमा फिल्म बनाउन बन्द गरिदिए भैगो नि।
ल हेर्नुहोस बाकि उनकै शब्दमा , तलको बक्स मा क्लिक गरि 

Category:

0 comments