‘उमा’लाई विस्थापित गर्दै ‘हो यही माया हो’
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हो यही माया हो’ को व्यापारबाट आफू सन्तुष्ट रहेको निर्माता सुवास गिरीले दाबी गरेका छन् । यो चलचित्रसँगै प्रदर्शनमा आएका ‘उमा’ र ‘रिया’ को व्यापार खस्केको वुझिएको छ ।चलचित्र ‘हो यही माया हो’ ले केही हलबाट ‘उमा’लाई समेत विस्थापित गरेको छ । नेपालगञ्ज, बेलबारी र धनगढीमा ‘उमा’ हटाएर ‘हो यही माया हो’ लगाइएको जानकारी प्राप्त भएको छ ।
निर्माता गिरीले आफ्नो चलचित्रले इनिसियल व्यापार नगरेपनि दर्शकको माया निरन्तर रुपमा एकै प्रकारले पाएको बताए । दर्शकले ‘हो यही माया हो’ को कथावस्तुलाई रुचाएको निर्माता गिरीको भनाई छ ।
दिपक श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमामा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, जिया केसी लगायतका कलाकारको अभिनय छ । अन्य चलचित्रमा उत्तेजक र भद्दा दृश्य दिदै आएकी नायिका जिया केसीलाई यो चलचित्रमा दर्शकले रुचाएका छन् ।
Category: gossip
0 comments