पहाडको बीच बाट एक अचम्मको ज्वाला निस्कियो
गज्जबको छ । हामीले समय-समयमा विचित्रका घटनाहरू देख्न र सुन्न पाउने गर्छौ । हामीले विश्वास नै नगरेका घटनाहरू विश्वास गर्नै पर्ने घटना बनेर हामीसामू देखिन्छन् वा सुनिन्छन् । प्रकृतिको नियम पनि यस्तै छ सायद बेला-बेलामा नयाँ नयाँ घटना र यथार्थले हामीलाई चकित पारिनै रहेको हुन्छ । यस्तै, एक अर्को आश्चर्य भेटिएको छ अमेरिकाको क्यालिफोर्नियाको पेफिएर बिचमा । पेफिएर बीचमा रहेको एक पहाडमा देखिएको दृश्यले सबैलाई चकित बनाएको छ ।
प्रत्येक वर्षको केही हप्तामात्र देखिने यो दृश्यले सबैलाई चकित पार्ने गरेको छ । बिचमा रहेको उक्त पहाडमा रहेको एउटा प्वालमा एउटा यस्तो प्रकाश देखिन्छ जुन देखेर सबै आश्चर्यमा पर्ने गरेका छन् । उक्त पहाडमा देखिएको उक्त दृश्य भगवान् उपस्थिती हो भन्ने पनि धेरै छन् । सामान्य रूपमा हेर्दा अचम्म लाग्ने यो दृश्य सायद कुनै दैवी शक्तिको प्रभाव हो भनेर धेरैले विश्वास गरेका छन् ।
तर, विज्ञहरूले भने यो कुनै भगवान् नभइ यो सूर्य अस्ताउँदा देखिएको दृश्य मात्र भएको बताएका छन् । उनीहरुले सूर्य अस्ताउने बेला यस्तो दृश्य देखिने बताउँदै पानीको छालको परावर्तनको कारण यस्तो दृश्य देखिएको दावी गरेका छन् । उक्त दृश्य देखिने पहाडको त्यो प्वाल २० वर्गफिटको रहेको बताइएको छ । यी तस्विरहरू फोटोग्राफर मार्क ब्रोडकिनले लिएका हुन् । मार्क ब्रोडलिनले यस्तो दृश्य निकै बिरलै देखिने बताउँछन् । उनले सूर्यको किरण र त्यसको परावर्तनका कारण देखिएको यस्तो दृश्य देख्न पाउनु पनि भाग्यकै कुरा हो ।
हेर्नुहोस उक्त ज्वालाको भिडियो दृश्य तलको बक्स मा क्लिक गरेर ।

0 comments