रागिनीको अंग्रेजी भाषण, ७ बषिर्या छोराले कुदाँए बाइक

Unknown | 12:51 | 0 comments

राजेन्द्र खड्गीको परिवारले नै अभिनय गरेको चलचित्र ‘नोथीङ इम्पोसिबल’को प्रोमो, गीत र पोष्टर सार्वजनिक गरिएको छ । असार २८ गतेबाट प्रदर्शनमा ल्याउने तयारीका साथ चलचित्रको प्रचारप्रसार सुरु गरिएको छ ।कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, निर्माता युवराज लामा, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, चलचित्र संघका महासचिव प्रदिप उदय लगायतको उपस्थिती थियो ।कार्यक्रममा नायिका तथा सह निर्देशक समेत रहेकी रागिनी खड्गीले अंग्रेजीमा लेखिएको मन्तव्यबाट उपस्थित अतिथीहरुलाई स्वागत गरेकी थिइन् । यस्तै उनका छोरा तथा चलचित्रका मुख्य कलाकार आर्यन खड्गीको कार्यक्रम प्रवेश पनि विशेष आकर्षण बन्न पुग्यो । आर्यनले सानो बाइकमा कार्यक्रम हलमा २ राउण्ड लगाउँदै इन्टि्र गरेका थिए ।चलचित्रमा राजु केसीको छायांकन, उमेश नेवाको द्वन्द्व छ । चलचित्रमा राजेन्द्र खड्गी, उनकी छोरी रोमा खड्गीको पनि अभिनय छ । चलचित्रमा रागिनीका ७ बषिर्या छोरा आर्यनले डरलाग्दा द्वन्द्वका दृश्य समेत दिएका छन् । चलचित्रको विशेष आकर्षण नै उनी रहेको बताइएको छ ।

Category:

0 comments