२३ वर्षिय युवतीको गर्भमा ५ सन्तान रहेका खुलासा

Unknown | 10:58 | 0 comments

एक महिलाको गर्भमा पाँच सन्तान छन् भन्दा सायद तपाईलाई विश्वास नलाग्न सक्छ । तर, यो सत्य हो की चेक गणतन्त्रकी एक युवती आफ्नो गर्भमा पाँच सन्तानलाई हुर्काइरहेकी छिन् । २३ वर्षिय ती युवतीको गर्भमा ५ सन्तान रहेका छन् । एक सन्तानकी आमा रहेकी २३ वर्षीय अलेक्जान्ड्रा किनोभालले गत महिना मात्र आफ्नो गर्भमा पाँच सन्तान रहेको थाहा पाएकी थिइन् । गर्भमा पाँच सन्तान रहेको थाहा पाएपची आश्चर्यमा परेकी उनले आफू पाँचै सन्तानलाई स्तनपान गराउन इच्छुक रहेको बताएकी छिन् । गर्भ रहेको सुरूमा चिकित्सकहरूले दुइवटा मात्र सन्तान रहेको बताएका थिए । तर गत मार्चमा जाँच गराउँदा चिकित्सकले ४ सन्तान भएको बताएका थिए । एक महिनापछी जाँच गराउँदा चिकित्सकले अझै एउटा थप बच्चा रहेको बताएका थिए । अर्थात् किनोभाको गर्भमा ५ सन्तान हुर्किरहेको थाहा भएको थियो । उनले आफूले आफ्नो गर्भमा पाँच सन्तान रहेको थाहा पाउँदा आफू रोएको सुनाएकी छिन् । उनले आफूले पहिलो सन्तानलाई जस्तै अब जन्मिने सन्तानलाई पनि स्तनपान गराउने बताएकी छिन् । उनले आफू यसका लागी निकै आतुर रहेको समेत बताइन् । उनका परिवारमा पनि जुडुवा बच्चा जन्माउने गरेको इतिहास रहेको किनोभाकी आमाले बताइन् । तर, यो घटना भने चेक गणतन्त्रमा पहिलो भएको बताइएको छ । चेक गणतन्त्रका सञ्चारमाध्यमहरूले यस्तो घटना पहिलो पटक भएको बताउँदै आएका छन् ।एजेन्सी,

Category:

0 comments