अब बल्ल निको भए भन्दै मनिषा पहिलो पल्ट सार्बजनिक भइन

Unknown | 03:49 | 0 comments

क्यान्सर रोगको उपचार गराउन अमेरिका आएकी अभिनेत्री मनिषा कोइराला उपचारपछि पहिलोपटक सार्वजनिक रुपमा देखा परेकी छिन्। अमेरिकामा रहेका केही नेपाली अगुवा महिलाहरुको पहलमा भएको एक कार्यक्रममा मनिषा सार्वजनिक रुपमा देखा परेकी हुन्। न्यूयोर्कस्थित एक पार्कमा आफ्ना बुवाआमासहित उपस्थित भएकी मनिषाले आफु अब पूर्ण रुपमा निको भएको बताएकी थिइन।

आफ्ना आम शुभेच्छुक र शुभचिन्तकहरुको शुभकामना र प्रार्थनाले नै आफू पूर्ण रुपमा निको हुन सकेको भन्दै उनले सबैलाई धन्यवाद समेत व्यक्त गरेकी थिइन। कुराकानीका क्रममा निकै कम बोलेकी मनिषाको मुस्कानमा भने उस्तै चमक देखिएको थियो। मनिषासँग नेपाली चलचित्रकी पुरानी नायिका गौरी मल्ल पनि सँगै देखिएकी थिइन। मल्ल पनि यसअघी लामो समय विरामी परेकी थिइन। अस्पताल नजिकै एक अपार्टमेन्टमा आफ्ना बुवा प्रकाश कोइराला र आमासहित बस्दै आएकी मनिषा गत साता अभिभावकसहित भर्जिनियास्थित कोइराला परिवारका एक सदस्यकोमा केही दिन बसेर न्यूयोर्क फर्केकी थिइन्। अर्को साता मनिषा परिवारसहित नेपाल फर्कने कार्यक्रम छ। पूर्ण निको भै सकेपछी को उनको शरीर अनि के भन्दै छिन उनि भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस।

Category:

0 comments