एमाले प्रमाणित गर्न के के गर्दैछन् दिनेश डीसी ? उनलाई किन भयोत हम्मे हम्मे ...

Unknown | 11:29 | 0 comments

आफ्नै गृहजिल्ला इलामबाट आउँदो संविधान सभाको निर्वाचनमा उठ्ने तयारीका साथ निर्देशक तथा संचारकर्मी दिनेश डीसी कसरत गरिरहेका छन् । संविधान सभाको निर्वाचनमा यदि एमालेले टिकट दिएको खण्डमा अन्य सक्रिय कार्यकर्ताले विरोध गर्लान् कि भन्ने डर पनि छ दिनेशलाई । यसैले पनि उनी अहिले आफूलाई एमालेको पुरानो कार्यकर्ता भनेर चिनाउन विभिन्न उपाय अपनाइरहेका छन् ।दिनेशले अहिले प्रत्येक दिन फेसबुकमा आफ्नो एउटा फोटो सार्वजनिक गर्ने अभियान नै थालेका छन् । एमालेका विभिन्न कार्यक्रममा पुगेका र प्रत्यक्ष रुपमा सहभागी भएका ब्ल्याकनह्वाइट र रंगिन फोटो डीसीको फेसुबकमा देख्न सकिन्छ । अनलाइनखबरसँगको कुराकानीमा डीसीले भने, ‘पार्टीले टिकट दिएको खण्डमा नयाँ मान्छेलाई किन उठाइयो भनेर अरुले विरोध नगरुन् भन्नका लागि मैले आफूलाई पुरानो र सक्रिय कार्यकता देखाउन यसो गरेको हुँ ।’ उनले आफू ३ दशकदेखि एमाले पार्टीमा सक्रिय रहेको बताए । मंगलबार एमाले पार्टी कार्यलयमा आयोजना भएको एक कार्यक्रममा पनि डीसी पुगेका थिए । चुनावमा टिकट पाउनका लागि डीसी अहिले दौडधुपमा व्यस्त देखिएका छन् । पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस ।

Category:

0 comments