‘कर्कश’ले गर्ला त चमत्कार ? बुकिङ पनि खुला

Unknown | 10:47 | 0 comments

हुनत गतबर्ष सर्वाधिक आशा गरिएको चलचित्र ‘हाइवे’ असफल भएपनि ११५ वटा सिनेमा प्रदर्शनमा आए । ‘हाइवे’ असफल भएको खण्डमा सिने नगरी नै अस्तव्यस्त हुने चर्चा पनि चलेका होइनन् । तर पनि यसको असर व्यापारमा परे पनि निर्माणमा परेन ।विगत केही बर्ष देखि अघोषित संकटकाल भोग्दै आएको नेपाली सिने बजारमा यतिबेला ‘कर्कश’को चर्चा निक्कै छ । ‘कर्कश’ नचलेका खण्डमा सिने नगरी नै कता जान्छ भन्न सकिदैन भन्नेहरुको जमात धेरै छ । यसैले पनि सबैको आँखा ‘कर्कश’ माथी नै छ । शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई आशिफ साहले निर्देशन गरेका हुन् । टेलिभिजनमा जमेका सुरज सिंह ठकुरीसँगै नायिका हषिर्का श्रेष्ठ, दयाहाङ राई, सत्यराज आचार्य, राजेन्द्र खड्गी लगायतले यसमा अभिनय गरेका छन् । चलचित्रको प्रोमो र ‘तारेमाम’ बोलको गीतले चर्चा पाएपछि ‘कर्कश’ उचाई चुलिएको हो । चलचित्र हेर्नका लागि आतुर भएका दर्शकलाई अगि्रम टिकट बुकिङ गर्न सक्ने व्यवस्था पनि गरिएको छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्स सहित सिंगल थिएटरमा पनि ‘कर्कश’ लाग्ने छ ।भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

Category:

0 comments