कटि्रना कैफलाई टक्कर दिदै त कोमल वली
बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’को पोष्टर र केही तस्बिर हेरेपछि धेरैलाई बलिउड चलचित्र ‘राजनीति’को याद आउँन सक्छ । नायिका कटि्रना कैफको जस्तै देखिने गरी गायिकाबाट नायिका बनेकी कोमल वलीले लगाएको पहिरनले पनि यस्तो भान दिलाउनु स्वभाविक नै हो ।
दिपक भट्टराई र दिपक सुवेदीको संयुक्त लगानीमा तयार भएको यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रले नेपाली राजनीतिको अवस्थालाई चित्रित गर्ने निर्देशक निरौलाले अनलाइनखबरलाई बताएका छन् । चलचित्रमा नायक राजेश हमाल, गायिका कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा आफूले दर्शकहरुको बाँक्लो भिड जम्मा गरेको निर्देशकको दाबी छ । विरगञ्ज र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्रलाई दर्शकले निक्कै मनपराउने विश्वास निर्माणपक्षले गरेको छ । धेरैले बलिउड चलचित्र राजनीतिसँग मिल्न सक्ने अड्कल काटेपनि आफूले नेपाली परिवेशलाई नै चित्रित गरेको बताउँदै बसन्तले भने, नाम मिल्नु स्वभाविक नै हो तर बिषयवस्तु र प्रस्तुतीमा नेपालीपन झल्कन्छ ।’यसै बिषयमा गायिका बाट नायिका बनेकी कोमल ओली के भन्छिन त ? भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस ।Category: gossip
0 comments