साहरुखको नयाँ बच्चाको जन्म लण्डनमा हुने
बलिउड नायक साहरुख खानको घरमा तेश्रो बच्चाले जन्म लिन लागेको खबरले यतिबेला बलिउड बजार तातेको छ । साहरुख खान सेरोगेसी मार्फत नयाँ बच्चा घर भित्राउने तयारीमा छन् ।
यसैबिच भारतिय संचारमाध्यमले साहरुखको नयाँ बच्चाको जन्म लण्डनमा हुने बताएका छन् ।साहरुखको बच्चाको सेरोगेट आमा लण्डनको भएको बताइएको छ । साहरुख आफ्नो तेश्रो बच्चा बि्रटिस मुलको हुन् भन्ने चाहन्थे, यसैले लन्डनमा नयाँ सन्तानले जन्म लिनेछन् । यता सलमान खानका भाई सोहिल खानकी पत्नी पनि सेरोगेसी मार्फत नयाँ बच्चा चाहन्छिन् । यसैले उनी पनि लण्डन जान लागेको बताइएको छ ।Category: gossip
0 comments