बलिउडबाट ‘बेपत्ता’ भएकी नायिका अमिशा पटेल ‘बोल्ड’ दृष्यले पुनः चर्चामा

Unknown | 06:48 | 0 comments

नयाँदिल्ली, जेष्ठ ३० । लामो समयदेखि बलिउडबाट ‘बेपत्ता’ भएकी नायिका अमिशा पटेल एक पटक पुनः चर्चामा छिन् । अमिशा आफ्नो नयाँ बलिउड फिल्म ‘शर्टकट रोमियो’का कारण चर्चामा रहेकी हुन् । यस फिल्ममा अमिशाले निकै अन्तरंग दृष्यहरु दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बलिउडमा वर्ष सन् २००० मा प्रदर्शनमा आएको फिल्म ‘कहो ना प्यार हे’बाट ‘शानदार’ करियर सुरु गरेकी अमिशाले ‘शर्टकर्ट रोमियो’मा आफ्नो करियरमा नै पहिलो पटक सबैभन्दा ‘बोल्ड’ दृष्यहरु दिएकी जनाइएको छ । त्यस्तै फिल्ममा अमिशाको ‘नेगेटिभ’ भूमिका रहेको बताइएको छ । अमिशाले खल भूमिका निभाएको फिल्म पनि ‘शर्टकट रोमियो’ पहिलो भएको जनाइएको छ । लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेकी अमिशाले यस फिल्ममा एक धनी उद्योगपतिकी श्रीमतीको भूमिका निर्वाह गरेकी जनाइएको छ । बलिउडको ‘ब्लकबस्टर’ फिल्म ‘गदर’मा समेत अभिनय गरेकी अमिशाले ‘शर्टकर्ट रोमियो’मा दिएकी अन्तरंग दृष्य निकै ‘बोल्ड’ भएको जनाइएको छ । फिल्म ‘शर्टकर्ट रोमियो’लाई सुसी गणेशले निर्देशन गरेका छन् भने फिल्ममा निल नितिन मुकेश र पूजा गुप्ताको समेत अभिनय रहेको बताइएको छ । यो एक तमिल फिल्मको रिमेक फिल्म भएको जनाइएको छ । अहिलेका युवाको कथामा आधारित रहेको भनिएको ‘शर्टकर्ट रोमियो’ आगामी साताबाट प्रदर्शनमा आउने जनाइएको छ ।

Category:

0 comments