जियाको ‘सुसाईड नोट’कसको बलात्कार को कारण जियाले गरिनत आत्मा हत्या ....
नयाँदिल्ली, २७ जेठ । बलिउड अभिनेत्री जिया खानको आत्महत्याको विषयलाई लिएर बलिउडमा अनेकथरीका शंका उपशंका उत्पन्न भईरहेका बेला पछिल्लो पटक उनको ‘सुसाईड नोट’ भेटिएको जनाइएको छ । रामगोपाल वर्माको फिल्म ‘निशब्द’बाट बलिउड करियर सुरु गरेकी जियाको शव गत साता सोमबार उनकै घरमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा मुम्बई प्रहरीले फेला पारेको थियो ।
बलिउडको ‘डेब्यु’ फिल्ममा नै महानायक अमिताभ बच्चनको ‘अपोजिट’ भएर काम गरेकी जियाले बलिउडका हस्ती मानिने नायक आमिर खान र नायक अक्षय कुमारसँग समेत काम गरेकी थिइन् ।
यसअघि पछिल्लो समयमा बलिउडमा काम नपाएपछि आत्महत्या गरेकी अनुमान गरिएको जियाको ‘सुसाईड नोट’ भेटिएपछि आत्महत्याको कारण अर्कै भएको हुन सक्ने अनुमान बलिउडमा गर्न थालिएको छ ।
जियाको सुसाईड नोट उनको मृत्युको चार दिनपछि उनकै घरको दराजबाट भेटिएको बताइएको छ । तथापी उक्त सुसाईड नोटको आधिकारीक जाँचको रिपोर्ट आउन भने बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त सुसाईड नोट जियाकी आमा राबिया खानले सार्वजनिक गरेकी जनाइएको छ । सुसाईड नोट ६ पन्नाको भएको पनि बताइएको छ । सुसाईड नोटमा बलिउड अभिनेता आदित्य पञ्चोलीका छोरा तथा जियाका प्रेमी सुरज पञ्चोलीकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको जनाइएको छ ।
सुसाईड नोटमा जियाले प्रेमी सुरजको पटक–पटकको शारीरिक तथा मानसिक प्रताडनाका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेकी बताइएको छ । सुसाईड नोटमा जियाले सुरजसँग प्रेम र त्यसपछिको शारीरिक सम्बन्धका कारण बसेको गर्भ पनि तुहाएको उल्लेख गरेकी जनाइएको छ ।
त्यस्तै सुरजले विवाहको वाचा गरेर पछि त्यसलाई नकारेका कारण मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको जनाइएको छ ।
अर्कोतर्फ जियाकी आमाले पनि भारतीय मिडियासँग कुरा गर्दै जियाले कुनै हतास या आवेशमा नभई वीभत्स मानसिक तथा शारीरिक प्रताडनाका कारण आत्महत्या गरेकी दाबी गरेकी छिन् । उनले जियाको आत्महत्याका लागि सुरजलाई नै दोषी ठहर्याएकी जनाइएको छ ।
जियाकी आमाले सुरजले जियालाई आत्महत्या गर्न उक्साएको ठाडो आरोप समेत लगाएकी जनाइएको छ । अर्कोतर्फ सुसाईड नोट भनी भेटिएको चिठ्ठीपछि प्रहरीले थप अनुसन्धान जारी राखेको बताइएको छ
प्रहरीले जियाको आत्महत्यामा सुरजको संलग्नता भएको तथा नभएको रुपमा जाँच गरिरहेको जनाइएको छ । यद्यपी सुसाईड नोट भनी भेटिएको उक्त पत्रको आधिकारीकता भने पुष्टी नभईसकेको जनाइएको छ ।पुरा भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस ।
Category: gossip
0 comments